एकै जिल्लाका २४ सडकमा बाढीले पुर्यायो नराम्रो क्षति

बर्दिवास, २ साउन । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । […]

बाढीले कारागार नै डुब्यो, जेलका बन्दीहरुको विचल्ली

महाेत्तरी, ३० असार । हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि […]