‘गुञ्जन’ बनेकी सारालाई प्रितमराजको साथ

काठमाडौ, १३ भदौ । बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन् । उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । प्रेमकथामा आधारित यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले पनि हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छन् । […]