काठमाडौँ । कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तान दूतावासले काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा “दक्षिण एसियामा क्षेत्रीय शान्ति र स्थायित्वः कश्मीर समस्याको समाधान अपरिहार्य” विषयमा छलफल गरिएको थियो। सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका सन्देश वाचन गरिएको थियो। राष्ट्रपति आसिफ अली जर्दारीको सन्देशमा कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तानको समर्थन दोहोर्याइएको छ। […]
Tag: पाकिस्तान
काठमाडौंमा ‘पाकिस्तान फुड फेस्टिभल’ हुने
काठमाडौं । पाकिस्तानी खानाको स्वाद चाख्न चाहनेहरूका लागि खुशीको खबर छ। काठमाडौंमा पाकिस्तान फुड फेस्टिभल–२०२६ हुने भएको छ । फुड फेस्टिभल आगामी फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा आयोजना हुने भएको हो । अलफ्ट काठमाडौंको ठमेलमा छ । यो स्वप्न बगैँचा नजिकै रहेको एक प्रतिष्ठित होटल हो । तीन दिनसम्म सञ्चालन हुने यस फेस्टिभलमा […]
लामो विवादपछि अन्ततः पाकिस्तानमा गैरमुस्लिमका लागि आरक्षण र संरक्षण
इस्लामाबाद । पाकिस्तानको संसदले लामो बहस र कानुनी विवादपछि अन्ततः अल्पसंख्यक अधिकार विधेयक २०२५ पारित गरेको छ। ७९ विरुद्ध १६० मतले पारित यस ऐनले मुलुकमा गैर–मुस्लिम समुदायको अधिकार संरक्षणका लागि स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्ने संवैधानिक मार्ग प्रशस्त गरेको छ। यससँगै २०१४ मा सर्वोच्च अदालतले दिएको निर्देशन अल्पसंख्यक अधिकार संरक्षणका लागि स्वतन्त्र निकाय गठनको […]
पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्। नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ । विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो […]
पाकिस्तान–नेपाल एल्युम्नाइ नेटवर्क घोषणा
काठमाडौँ । पाकिस्तान दूतावासले पाकिस्तानी शैक्षिक संस्थाबाट स्नातक भएका नेपाली पूर्वविद्यार्थीहरूको वार्षिक एल्युम्नाइ कार्यक्रम राजधानीको सोल्टी होटलमा सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा योजनामार्फत पाकिस्तानमा अध्ययन गरेका करिब ४ सय ५० जना पूर्वविद्यार्थी, विशिष्ट अतिथि तथा दूतावासका शुभेच्छुकहरु सहभागी भए। कार्यक्रममा पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानमा अध्ययनको अनुभवले नेपाल–पाकिस्तानबीचको आपसी समझदारी, संस्कृतिको परिचय […]
काठमाडौंमा काश्मिरको सम्झना
काठमाडौं । पाकिस्तानी दूतावासले काठमाडौंमा “काश्मिर – कब्जा अन्तर्गत मानव र आर्थिक अधिकारको मुद्दा” विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ७८ वर्षअघि २७ अक्टोबर १९४७ मा भारतीय सेना सृङ्गार विमानस्थलमा अवैध प्रवेश गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको स्मरण गरिएको थियो । यसबाट आधुनिक इतिहासकै एक दीर्घकालीन विवादको शुरुआत भएको भन्दै कालो दिनको रुपमा स्मरण […]
पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस काठमाडौस्थित दूतावासमा उत्साहपूर्वक सम्पन्न
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा “मार्का-ए-हक” विजयको उत्सवका साथ पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस दूतावास परिसरमा झण्डा फहराउने समारोह गर्दै मनाइएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानी समुदायका सदस्य, पाकिस्तानप्रति सुभेक्षा राख्ने नेपाली प्रतिनिधि तथा दूतावासका अधिकारी र उनीहरूको परिवारको उपस्थितिमा बिहीबार राष्ट्रिय झण्डा फहराएका छन् । यस वर्षको उत्सवमा पाकिस्तानले हालै सैन्य र […]
दुई दिनमा चार दर्जन बलुचिस्तानी बिद्रोही मारिएका पाकिस्तानको दावी
इस्लामबाद, । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेको दावी गरेका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो। झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७–८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८–९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका […]
ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]
फेरिँदै पाकिस्तानलाई हेर्ने अमेरिकी आँखा, पाकिस्तानी सेना प्रमुखलाई बनाइयो विशेष अतिथि
इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्। आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ। मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा […]










