निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने

काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको […]

भदौ १२ देखि जापानमा हप्तामा तीन उडान भर्दै नेपालको ध्वजा वाहक विमान

काठमाडौँ, ४ भदौ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी […]

निगमले गर्यो जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

काठमाडौँ, २१ साउन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र […]