विप्लवको नाममा पक्राउ पुर्जी जारी गर्दै सम्पूर्ण सम्पती जफत गर्ने आदेश

काठमाडाैं, १६ फागुन । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भए लगतै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लाई ज्यान मार्ने तथा बिष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न सरकारले पुर्जी जारि गरेको छ । महासचिव विप्लवको दाजु चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ । महासचिव […]

प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक : महासचिव विप्लवले दिए श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन‍् । अन्य […]

केपी अाेलीप्रति विप्लवकाे कडा चेतावनी, गिरफ्तार नेताहरू रिहा नगरे कडा अान्दोलन

नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा भएकाे दमनप्रति कडा प्रतिक्रिया जनाएको छ । प्रहरीले अाज दिउसाे विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवकाे यस्ताे प्रतिक्रिया अाएकाे हाे । सिहदरवारमा पसेकाे चार दिन नबित्दै केपी अाेली सरकारले जनतामाथि दमनकाे सुरुवात गरेकाे भन्दै महासचिव विप्लवले […]

मोहन बैद्यको जिल्लामा किरणले गरे विप्लवसँग संयुक्त सभा

प्यूठान, १ फागुन । मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुबीचको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअोवादी)ले संयूक्त रुपमा जनयुद्घ दिवस मनाएका छन् । कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रमबारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा बाग्दुलादेखि विजुवारसम्म र्यालि गरी विजुवार मित्रमणि […]

पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्‍वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी […]

जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनार्इदै, राष्ट्रियसभागृहमा विप्लव र किरण, प्रचण्ड पेरिसडाँडाको कोठामा

काठमाडौं, १ फागुन । आज फागुन एक गते । अाजकैै दिन तत्कालिन नेकपा (माओवादी)ले नेपालमा २०५२ सालमा सशस्त्र विद्रोहकाे सुरुवात गरेकाे थियाे । अाज जनयुद्ध सुरु भएकाे २२ वर्ष पूरा भएर २३ वर्षमा प्रवेश गरेकाे छ । जनयुद्ध अाज भिन्न रुपमा जारी छ । जनयुद्धका पहलकर्ता र अनुयायीहरु फरक फरक ढङ्गले लागिरहेका भए पनि जनयुद्ध […]

नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न: विप्लवले प्रस्तुत गरेको तीन महिने अभियानको प्रस्ताव पारित

काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समीक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागिताले वर्ग संघर्षलाई नयाँ उचाईमा पुर्याएको र चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने बैठकले […]

कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद समेत दिएका छन् । साथै चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीलेसम्म मतदान गरेकोमा उनी आनन्दित भएको थाहा […]

मतगणना चल्दै गर्दा विप्लवले दिए यस्तो चेतावनीः अब नयाँ सत्ता विस्तार

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्‍यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् । चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शनिबार साँझ जारी गरेको विज्ञप्तिमा विप्लवले भनेका छन्, ”कतिपय सञ्चार माध्यमले बम पड्काएर […]

एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढ्ने नेकपाको उदघोष

काठमाडाैं, २२ मंसिर । चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएकाे हाे ।  नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती […]