न्यूजकारखाना, जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ । तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै […]
Tag: जाजरकोट
प्रतिनिधि सभा सदस्य बस्नेत द्वयलाई पितृशोक
नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव रहेका प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेतलाई पितृशोक परेको छ । उनीहरुका बुवा डन्डबिर बस्नेतको आइतबार निधन भएको हो । मुटुलगायत समस्याबाट ग्रसित भएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । भेरी-१ जाजरकोट स्थायी घर भएका उनी लामो समयदेखि अस्वस्थ […]
जाजरकोटको गाउँपालिकाका सबै गाउँमा पुग्यो सडक
जाजरकोट, ९ कात्तिक । शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । करोडाँै रकम खर्चेर गाउँपालिकाले सबै गाउँमा सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयवासीले सहजरुपमा […]
नयाँ शिकार आरक्ष बन्ने भयो कुशे पाटन
जाजरकोट, १३ भदौ । स्थानीय कुशे गाउँपालिकाले ८ र ३ नं वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले ती वडाको माथिल्लो भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी अध्ययन गरेको […]
डाक्टर, इन्जिनियर पढाउन गाउँपालिकाको सहयोग
खलङ्गा । जाजरकोटको एक स्थानीय तहले एमवीवीएस डाक्टर र इन्जिनियर उत्पादन गर्न लागेको छ । गाउँपालिकाले आफनो क्षेत्रका दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोटामा एमवीवीएस डाक्टर र इन्जिनियर पढाउन सुरु गरेको हो । जिल्लाको कुशे गाउँपालिकाले आफनो आर्थिक सहयोग छात्रवृत्तिकोटा निर्धारण गराएर प्रत्येक वर्ष दुर्इजना स्थानीय विद्यार्थीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीवीएस डाक्टर र पुल्चोक […]