विप्लवका प्रभावशाली नेता माइला लामालाई वेपत्ता पारेको परिवारको दावी

काठमाडौं । गएराति काठमाडौंको काँडाघारीबाट समातिएका भनिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाइ वेपत्ता पारिएको परिवारका सदस्यले जनाएका छन् । मध्यराति ठूलो संख्यामा प्रहरीले काठमाडौंको काँडाघारीमा उनी बसेको घर घेरा हालेर उनलाइ पक्राउ गरिएको बताइएको छ । तर, अहिलेसम्म उनलाइ कहाँ राखिएको छ भन्ने बारे प्रहरीले कुनै जानकारी दिन नमानेको पारिवारिक स्रोतको दावी छ […]

कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]

विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]

विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

नेपालमा बसी लागूपदार्थ कारोबार र मान्छे मार्ने धन्धामा लागेका भारतीय गिरफ्तार

जनकपुरधाम, १८ कार्तिक । नेपालमा बसी विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयको एक टोलीले अन्सारुल राइन नामक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ परेका राइन लामो समयदेखि नेपालमा लागु पदार्थको कारोबारमा सम्लग्न भएको खुलेको छ । शुक्रबार पक्राउ पर्दा उनी ठूलो मात्रामा लागुपदार्थ ल्याएर भारतबाट नेपालतर्फ आउँदै […]