गजल लाचारीको आँसुले भिजेका छन् आमाका पछ्यौराहरु जनताको हात बने न्यायको भीख माग्ने कचौराहरु कहाँ पुग्यो यात्री कुन्नि तर किनारमै छन् माझीदाइ आखिर कसले सम्झिन्छ र खोला तरेपछि लौराहरु आफूले सजाउने गला छान्न पाउँदैनन् सयपत्रीहरु इमानको दोसल्ला ओढी लाज पचाउछन् नकचराहरु
Tag: गजल
कथा : कर्णालीका
चुक्ता गर्न बडो मुस्किल देख्छु यार नगद भन्दा बढी उधारो जिन्दगी । कर्म हो वा भावीको लेखा खै किन हो ? कसैको लैनो कसैको थारो जिन्दगी । कुमालेको चक्र झै घुमिरहन्छ सधै तैपनि किन यति हतारो जिन्दगी । चोटै(चोट र पीडाले थलिएुसि हरदम कति दिन होला र यो फारो जिन्दगी । …..नवीन जैसी…
[…]
साइत जुराउ भो तिम्रै घर आउँछु पियारा
तिम्रै नामको मेहन्दी लाउँछु पियारा भन तिम्लाई कहिले पाउँछु पियारा !! चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा ! जीवन गीतमा सारङ्गीको धुन भरौ अब म नि प्रेमिल मिठो गीत गाउँछु पियारा ! कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ? साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !
जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ
यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ दिनभर जति […]
देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु
जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति फेरिएला रुप, उही […]
धेरै पछि एउटा गजल पस्किएँ हजुर
नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन् अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन् कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन् विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]