पारसले ब्याटिङ नै गर्नु नपरी टी-१० क्रिकेटमा पारसको टोलीसँग हार्याे सन्दीपको टीम

काठमाडौं, ७ मंसिर । यूएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काको टोलीले आबुधाबी राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछानेको टोलीलाई हराएकाे छ। आबुधाबीस्थित शेख जायद स्टेडियममा शुक्रबार राति पारसको टिमले सन्दीपको टिम कर्नाटका टुसकेर्सलाई ३४ रनले पराजित गरेको हो। आबुधाबीले दिएको १ सय २९ रनको […]

यी हुन् पारस खड्काले प्रहार गरेका ५ शतक

पारस खड्काले सिंगापुरमा जारि टेस्ट राष्ट्र जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा आयोजक सिंगापुर बिरुद्ध शतक बनाएका छन्। उनले अविजित १०६ रन बनाउदा ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। यससँगै पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न पुगे। शतक बनाउने क्रममा रेकर्डको वर्षा गरेका पारस लक्ष्य […]

धनन्जय एक्लै बने न्युजिल्याण्ड माथि भारि, टेलरको इनिंगले सम्हालिदै किवीज

एकदिवसीय विश्वकप उपविजेता टिम न्युजिल्याण्ड विश्वकप पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न श्रीलंका पुगेको छ। श्रीलंका भ्रमण अन्तर्गत २ वटा टेस्ट र ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो टेस्ट गालेमा बुधबार सुरु भएको छ। खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर २०३ रन बनाएको छ। भारि वर्षाले खेल छिटो […]

अमेरिकी दुतावासले सन्दिपलाई फेरि बोलाएर दियो भिसा

काठमाडौं, २८ साउन । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । क्यारेबियन लिगमा खेल्नका लागि अमेरिका जान लागेका सन्दिपलाई यसअघि अमेरिकी दुतावासले भिसा दिन इन्कार गरेको थियो । मंगलबार बिहान मात्र दुतावासले भिसा दिन इन्कार गरेपछि सन्दिपले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असहमति व्यक्त गरेका थिए । तर, दुतावासले भिसा […]

चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन

काठमाडौं, २८ साउन । नेपालका चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन इन्कार गरेको छ । अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा पाेष्ट गर्दै सन्दिपले आश्चर्यमा परेको बताएका छन् । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले ट्वीटरमा एक पाेष्ट गर्दै भनेका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा […]

एसिसीबाट स्वीकृति नआउँदा बन्द प्रशिक्षण प्रभावित

काठमाडौँ, २१ साउन । अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) को एशिया कप खेल्नुपर्ने नेपाली युवा टोलीको बन्द प्रशिक्षण अहिलेसम्म शुरु हुन सकेको छैन । एक महीना अघि मात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि जितेर एशिया कपमा स्थान बनाएको नेपाली युवा टोलीको आजसम्म पनि बन्द प्रशिक्षण शुरु नहँुदा फेरी पनि […]

सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप

काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर […]

कप्तान पारसले गरे ट्वान्टी ट्वान्टीको उपाधि बाढी पहिरो पीडितमा समर्पित

काठमाडौं, २९ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बाढी पहिरो पीडितहरुमा नेपालको उपाधि समर्पित गरेका छन् । आइतबार नेपालले ट्वान्टी ट्यान्टी क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित ६ विकेटले पराजित गरेको हो । जितपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले ट्वीटरमा एक पोस्ट लेख्दै यो उपाधि नेपालमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने र […]

नेपाललाई इतिहास रच्ने अर्को अवसर आज, नेपाल–युएई पहिलो टि–२० हुँदै

काठमाडौँ, १६ माघ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल आज खेल्ने भएको छ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि […]

क्रिकेटमा नेपालको अर्को सफलताः युएईलाई ४ विकेटले पराजित गर्दै नेपाल एकदिवसीय म्याच विजेता

काठमाडौं, १४ माघ । नेपाल अन्तराष्ट्रिय क्रकेटमा अर्काे एेतिहासिक सफलता हात पारेकाे छ । यूएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा ४ विकेटले पराजित गर्दै नेपाल एक दिवसीय म्याच विजेता बनेकाे हाे ।  गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को […]