नारायणगढ–मुग्लिन सडक : २९ ठाउँमा पहिरोको उच्च जोखिम

चितवन, २ साउन । ‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराई । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे । ‘बाटो राम्रो छैन, दुईटा […]

मान्छेको ज्यान लिने काठमाडाैंका यी खतरानाक भ्वाङ

काठमाडौं, २ साउन । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन्। कसैले ,स्मार्ट सिटी, स्याटेलाइट सिटी, त कसैले ‘मोनोरेल’ संचालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके। तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ–धूलो, हिलो र ढलबाट मुक्त […]

नेपालका विश्व सम्पदा जोगाउन जापानीको वृक्षरोपण

भक्तपुर, ३१ असार । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थललाई संरक्षण गर्ने उद्देश्यले नेपाल भ्रमणमा रहेका तीस जनाभन्दा जापानी नागरिकले चाँगु क्षेत्रमा वृक्षरोपण गरेका छन् । जापानको योकोहामा सिटी विश्वविद्यालय र यामदा वी कम्पनीका कर्मचारी प्रत्येक वर्ष असारमा नेपाल आएर चाँगुनारायण मन्दिर परिसरमा परम्परागत चाँपको वन पुनःस्थापना गर्ने अभियानमा […]

शिक्षण अस्पताललाई जापानले ७० करोडको उपकरण दिने

काठमाडौँ, ३१ असार । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ । अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ । […]

साउन १२ गते अब मादल प्रतियोगिता हुँदै

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]

याैन धन्दामा सम्लग्न हाेटल सञ्चालकसहित तीन पक्राउ

दाेलखा, ३१ असार । दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा ‘तहल्का’ नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका-३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिनादेखी […]

तीन घन्टा पैदल हिडेर स्कूल पुग्छन बालबालिका

काठमाडाैं, ३० असार । कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी […]

विमान दुर्घटनाको छानबिन औपचारिकता मात्रै सीमित

काठमाडाैं, ३० असार । सामान्यतया नेपालमा जहाज दुर्घटनापछि गठन हुने छानबिन आयोगका प्रतिवेदन औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने परम्परा छ । त्यसक्रममा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका वायुसेवा कम्पनी तथा सरोकारवाला निकायलाई आमन्त्रण गरिन्छ । आयोगले अध्ययनका क्रममा तयार पारेको प्रतिवेदनमाथि व्यापक छलफल भई विभिन्न सुझाब कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन्छ । तर, […]

बाहिरी चक्रपथ निर्माणको काम सहरी मन्त्रालयले नै रोक्यो

काठमाडौं, ३० असार । राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ । चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको […]

मध्य वर्षामा भीषण आगलागी हुँदा सात करोडको नोक्सानी

इटहरी, ३० असार । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा बिहीबार राति १२:३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्‌को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत […]