राजधानीमा धुँलाेधुँवा अत्यधिक बढ्याे

काठमाडाैं, २८ भदाै । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले। रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन्। उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ। खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक–पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ। चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, […]

वन कार्यालयमा आगजनी । कर्मचारी बाँधेर लडाइए

सर्लाही, २७ भदाै । सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी गरिएकाे हाे । आगजनी गर्नु अघि कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएकाे बताइएकाे छ । सोमबार […]

‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन

लमजुङ, २६ भदौ । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ । चौरासी वर्षको उमेरमा आज साँझ उहाँको निधन भएको हो । सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उहाँको निधन भएको नाति सुबोध लौडारीले बताउनुभयो । चिकित्सकका अनुसार उहाँलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा […]

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ […]

जुफाल विमानस्थलमा समिट एअरको उडान सुरु

डोल्पा, २६ भदौ । जुफाल विमानस्थलमा समिट एअरको जहाजले आजदेखि उडान भर्न थालेको छ । बिहान ९ बजे समिट एअरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफलले जनाएको छ । समिट एअरका क्याप्टेन रवीन्द्र रोकाया, क्याप्टेन एडी शेर्पा र एअर होस्टेज के थापासहित तीन सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको […]

सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने

काठमाडौँ, २६ भदौ । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ । ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य […]

१६ जिल्लामा बाल स्वास्थ्य टोली

काठमाडौँ, २६ भदौ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ । झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य महाशाखाको नेतृत्वमा खटिएको टोलीले खोपको शतप्रतिशत पहुँच बढाउने कार्य थालेको […]

बारेकोटमा औषधि अभाव

जाजरकोट, २६ भदौ । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो । दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर खरिद गरेर लिन बाध्य भएको रोकाय गाउँका प्रेम बुढाले बताए । दैनिक ४० भन्दा […]

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशै अगाडि वितरण गरिने

काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवका अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत […]

बाढीले निकुञ्जको पर्या–प्रणालीमा प्रभाव पर्दा वन्यजन्तु खतरामा

चितवन, २६ भदौ । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरणम खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् । बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पु¥याएको छ । कतिपय आहार प्रजातिका जनाव मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ । आहार नपाएपछि वन्यजन्तुहरू मानव बस्तीमा पस्न थालेका छन् । […]