चामलमै सुक्ष्म पोषण मिसाउँदै सरकार

काठमाडाैं, ४ पुस । सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । आयोडिनको कमीले गलगाँड देखिने समस्या […]

पुनर्वासका नाममा नेपालमा दातृ निकायले यसरी गर्दैछन मनपरी, सरकार बेखबर

काठमाडाैं, ३ पुस । पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ । स्थानीय प्रशासन समेत बेखबर छ […]

अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी

काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा […]

राजधानीमा भारतीय ‘चल्ला समूह’का चोरको बिगबिगी

काठमाडाैं, ३ पुस । उपत्यकाका विभिन्न स्थानमा भएका शृंखलाबद्ध चोरी तथा डकैतीका घटनामा भारतीय पोदार थरका ‘चल्ला समूह’ सक्रिय रहेको पाइएको छ । बोतल–कागज, फलाम लगायत ‘कवाडी’ सामान संकलन गर्ने आवरणमा चोरी तथा डकैतीमा भारत बिहारका पोदार समूह सक्रिय रहेको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ । उनीहरूले काठमाडौंमा ‘चल्ला समूह’ नाम दिएर अपराध […]

७७ वटै जिल्लाका सिडियोले दिए यस्तो चेतावनी, प्रदेश सरकारलार्इ सहयोग गर्न नसकिने उद्घोष

काठमाडाैं, ३ पुस । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारअन्तर्गत राखिए ‘असहयोग’ गर्नेसमेत चेतावनी दिएका छन् । चेतावनीसँगै मुख्यमन्त्रीको कार्यालय र त्यसअन्तर्गत बन्ने प्रदेश गृह मन्त्रालयसँग क्षेत्रीय तथा जिल्ला सुरक्षा प्रमुखहरूबीच अधिकारक्षेत्र […]

हारेपछि चर्को आरोप(प्रत्यारोपमा उत्रिए कांग्रेस नेता

काठमाडाैं, ३ पुस । देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको […]

चार अर्बको गोलीगठ्ठा किन्न जनार्दनदेखि देउवाको अनौठो दवाव, चर्को दवावलार्इ थेग्नै मुस्किल भइरहेको अर्थको भनार्इ

काठमाडौं, २ पुस । नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैयाँबराबरको गोली र डेढ […]

सरकारले तयार गर्यो बेल्ट एण्ड रोड इनिसियटिभका लागि दर्जन प्रस्ताव तयार

काठमाडौँ, २ पुस । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ। चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो। चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै मुलुकको स्वार्थ […]

२६ वर्षदेखि वीरका भिभिआइपी क्याबिन किन ‍छन खाली

काठमाडौं । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन […]

छोरीलार्इ राजाबाट बचाउन घरका ढोका होचा बनाउने चलन

काठमाडाैं । उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा हुन्छन् । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन्। यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनुपर्छ । मल्लकाल र त्यसअघि बनेका अधिंकाश घरको ढोका होचै हुन्छन् । नेवार समुदायका घर र टोलको मूलढोका होचो बनाउनुको कारण भने अनौठो तथ्यसँग जोडिएको छ । पहिले–पहिले […]