गोविन्द केसीलार्इ सर्वोच्चमा पेश गरियो, बाबुराम भट्टरार्इदेखि गगन थापासम्म सडकमा

काठमाडौँ, २५ पुस । महाराजगञ्ज टिचिङ अस्पतालमा अनसनस्थलबाटै पक्राउ परेका डा. गाेविन्द केसीलार्इ अाज बिहान ९ बजे नै सर्वाेच्च अदालतमा पेश गरिएकाे छ । सर्वाेच्च अदालतकै प्रधानन्यायाधिश गाेपालप्रसाद पराजुलीका विरुद्ध अनसन बसेका केसीलार्इ साेमबार प्रहरीले गिरफ्तार गरेकाे थियाे । केसीलाई अदालतको अबहेलना गरेकाे मुद्दामा सर्वाेच्चले पक्राउ गर्न अादेश दिएकाे थियाे । एक रात अनामनगरमा रहेकाे […]

प्रहरीले मिडियाको अधिकार छिन्न खोज्यो, स्रोत माग्ने अधिकार प्रहरीलाई छैन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा […]

डा. गोविन्द केसी अनसनस्थलबाटै गिरफ्तार

काठमाडौँ, २४ पुस । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई अनसन बसिरहेकै अवस्थाबाट पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल […]

बढ्यो अत्यधिक चिसो, तीनदिनका लागि विद्यालय बन्द

कञ्चनपुर, २४ पुस । अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरका सामुदायिक विद्यालय आजदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही पुस २४, २५ र २६ गते बिदा दिने निर्णय गरेको हो । “अत्यधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पढाउनसमेत अप्ठेरो हुन थालेकाले […]

भुरीगाउँमा राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु

बर्दिया, २४ पुस । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आज भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलाका […]

पत्रकारको अधिकार नछिन्न प्रहरीलाई प्रेस काउन्सिलको चेतावनी

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले समाचारको स्रोत नमाग्न नेपाल प्रहरीलाई चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न प्रेस काउन्सिले चेतावनी दिएको हो । अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न एसएसपी धानुकलाई सचेत गराइएको काउन्सिलका कार्यवाहक […]

अस्पतालदेखि विद्यालय, नुनदेखि सुनसम्म पाईला पाईलामा ठगिँदैछन् उपभोक्ता

काठमाडाैं, २४ पुस । सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने गरेका छन् । व्यवसायीले हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य, शिक्षा, […]

लागत अनुमानभन्दा ११ सय करोड बढी तिरिदै मेलम्ची खानेपानी आयोजनामा

काठमाडाैं, २४ पुस । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । हालसम्म […]

अन्ततः तिर्यो एयर एशियाले काठमाडौं विमानस्थललार्इ दुई करोड बक्यौता

काठमाडाैं, २४ पुस । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ। बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धतासमेत उसले गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त कार्यालय प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० […]

भिएस निकेतन कलेजका सञ्चालकको नर्भिकमा निधन

काठमाडौं, २३ पुस । पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान निधन भएको हो । पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई […]