घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

बेत्रावती, १ भदौ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो । उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार […]

सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

बैतडी, १ भदौ । आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै नुहाइधुवाइ […]

के हो आत्महत्या दुरुत्साहन ? रविलाई होला कारवाही ?

काठमाडौं, १ भदौ । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।’यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने’ […]

छिन्नमस्ताको आय–व्यय सार्वजनिक, बेरुजू धेरै

सप्तरी, १ भदौ । मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको दुई वर्षको आय–व्यय शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । छिन्नमस्ता भगवती संरक्षण संवद्र्धन समितिले आर्थिक वर्ष २०७४÷७५ मा एक करोड ३९ लाख ४९ हजार ९२० को आय–व्यय सार्वजनिक गरेको छ भने आर्थिक वर्ष २०७५÷७६ को एक करोड ३६ लाख ४३ हजार ८९० को आय–व्यय सार्वजनिक गरेको […]

चट्याङले भेडा मर्दा १० लाख बराबरको क्षति

म्याग्दी, १ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए । सबैभन्दा धेरै […]

बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै

नेपालगञ्ज, १ भदौ । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताए । यसका लागि अव्यवस्थितरुपमा रहेको मन्दिर क्षेत्रको बाहिरी १७ […]

करेन्ट लागेर एकको मृत्यु

भरतपुर, १ भदौ । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ । भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ

लागुऔषधसहित दुई पक्राउ

लहान, १ भदौ । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीमावर्ती प्रहरी […]

अब शिक्षकको तलब सुविधा निजामतिको भन्दा बढी हुने

काठमाडौं । सरकारले अब शिक्षकको तलव तथा सेवा सुविधा निजामति कर्मचारीको भन्दा बढी बनाउने भएको छ । शिक्षा मन्त्रालयले तयार गरी मन्त्रिपरिषदमा पुगेको नयाँ राष्ट्रिय शिक्षा नीतिको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । स्रोतका अनुसार मस्यौदामा विद्यालयको नेतृत्वलाई थप अधिकार र सेवा सुविधा दिई शिक्षण पेशालाई स्तरिकरण गर्ने भएको छ । नयाँ प्रस्तावित नीतिमा इसिडी शिक्षक […]

जग्गा अतिक्रमण सह्य हुँदैन : मन्त्री अर्याल

काठमाडौँ, ३२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालासँग समन्वय नगरी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएकी छिन् । गुठी संस्थानले पोखराको तालबाराही समिधा गुठीको जग्गा तीनवटै तहको सरकारलाई जानकारी नै नगराई भाडामा […]