६०० को दरले बेचेर दोब्बर आम्दानी: अलैंची कृषक

भक्तपुर, ८ पुस । लमजुङस्थित किसानहरुले गत वर्षको तुलनामा अलैंचीको दाना बेचेर दोब्बर आम्दानी गरेका छन्। अलैंची खेती गरेकाले यो वर्ष चार करोड पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्। अघिल्लो वर्ष जिल्लाका किसानहरुले ७५० क्विन्टल अलैंची बचेर पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका बताउने कृषकहरुले यो वर्ष दुई हजार क्विन्टल अलैंची बेचेको र […]

छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई घरमा आगलागी

पर्सा ८ पुस पर्साको छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई ठाउँमा मंगलबार बिहान आगलागी हुँदा लाखौैंको क्षति भएको छ। छिपहरमाई–१, भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई–३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा बिहान आगलागी भएको इलाका प्रहरी कार्यालय पोखरियाका विनोद रानाले जानकारी दिए। कोइरी र गोढको घरमा आगलागी हुँदा धान चामल र केही मोटरसाइकल जलेर नष्ट भएको […]

‘भुवा पर्व’ को अवसरमा बिहीबार सार्वजनिक विदा

धनगढी, ८ पुस । ‘भुवा पर्व’ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यही पुस १० गते बिहीबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णय बमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका […]

रहिनन् सबभन्दा धेरै छावा जन्माउने ‘पूजाकली’

चितवन, ८ चितवन । राष्ट्रिय निकुञ्जमा सबभन्दा धेरै ६ वटा छावालाई जन्म दिएकी ‘पूजाकली’ हात्तीको मृत्यु भएको छ। पूजाकलीको मंगलबार बिहान ७ बजे निकुञ्जस्थित हात्तीसारमा मृत्यु भएको निकुञ्जका शाखा अधिकृत बुधन चौधरीले जानकारी दिए । २०४६ सालमा पूजाकलीलाई कोशी टप्पु वन्यजजन्तु आरक्षबाट ल्याइएको थियो। चितवनमा राष्ट्रिय निकुञ्जमा रहँदा पूजाकलीले अहिलेसम्मकै धेरै ६ वटा छावालाई जन्म […]

रानीकोटगढी घ्याम्पेडाँडा पर्यटकीय आकर्षणको केन्द्र, जीपलाइनको मज्जा पनि लिन पाइने

भक्तपुर, ८ पुस । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित […]

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्री ५५ वर्षीय रामदिनेश मण्डल मृत्यु

महोत्तरी, ८ पुस । जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा […]

छोरालाई स्कुल पुर्‍याउन गएका बाबुको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गयो

काठमाण्डौँ, ८ पुस । काठमाण्डौको गुर्जुधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका ७ चेकपोस्टका ४१ वर्षीय अर्जुनबहादुर केसीको ज्यान गएको छ ।कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको र ठक्कर […]

कर्णालीमा जहाजबाटै लागुऔषध ओसारपसार !

जुम्ला, ७ पुस । कर्णाली राजमार्गबाट लुकिछिपि ओसारपसार भइरहेको लागुऔषध पछिल्लो समयमा हवाइ मार्गबाट पनि ओसार पसार भइरहेको पाइएको छ। यहि पुस २ गते जुम्ला बिमानस्थलको टर्मिनल भवन भित्र प्रहरीले ६ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेपछि जहाजबाट पनि लागुऔषध ओसारपसार भइरहेको प्रमाणित भएको हो। तारा एयरको उडानमा सुन्तला र स्याम्पुको डिब्बामा बिर्को लगाइ […]

बसको ठक्करबाट सृष्टि पन्तको ज्यान गयो, सुकेधारा चाबहिल क्षेत्रमा तनाव

काठमाडौं, ७ पुस । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल […]

चिसो बढेसँगै जनजीवन प्रभावित, काठमाडौंबाट भद्रपुर चन्द्रगढीको उडान ठप्प

झापा, ६ पुस । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिंडडुल पनि कम भएको छ । आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन […]