रथ जात्रामा भएको प्रहरी हस्तक्षेपको नेवाः दे दबुको बिरोध, साँखुमा निकालियो जुलुस

काठमाडाैं । राताे मछिन्द्रनाथकाे रथ जात्रा सुरु गर्न लाग्दा आज ललितपुरमा प्रहरीले दमन गरेकाे भन्दै काठमाडाैंका विभिन्न ठाउँमा विराेध भएकाे छ । यसैक्रममा काठमाडाैंकाे साँखुमा विराेध जुलुस निकालिएकाे छ । ललितपुरमा रातो मच्छिन्द्रनाथकाे रथ तान्ने क्रममा बिहिबार जात्रा हेर्न सहभागी भएका आम सर्वसाधारणमा माथि लाठी, अश्रुग्यास प्रहार गर्नुका साथै पानीकाे फाेहाेरा समेत हानेर दमन गरिएकाे […]

निषेधाज्ञा फिर्ता नलिए आन्दोलनमा उत्रिने व्यवसायीहरुको चेतावनी

काठमाडौं । उद्योगी व्यवसायीहरुले थपिएको निषेधाज्ञाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस महामारी नियन्त्रणका लागि थप गरेको ६ दिनको निषेधाज्ञाप्रति उनीहरूले आपत्ति जनाएका हुन् । विज्ञप्ति जारी गर्दै विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र विराट ब्यापार संघले बुधबार संयुक्त रुपमा निषेधाज्ञा फिर्ता लिन आग्रह गरेका […]

अन्ततः वामदेव गौतम राष्ट्रिय सभामा सिफारिश

काठमाडौं । अन्ततः सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन् । बिहिवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा […]

निषेधाज्ञा खुकुलो बनाउने निर्णयमाथि उपत्यकाका मेयरहरुको आपत्ती, कर्फ्यू अझै कडा बनाउन माग

काठमाडौँ, १८ भदाै । बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले यसअघि जारी गरिएकाे निषेधाज्ञा (कर्फ्यू) एक साताका लागि थप गर्ने निर्णय गरे । यसअघिकाे भन्दा केही खुकुलो गर्ने निर्णयसहित पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले भने असन्तुष्टि व्यक्त गरेको छ । फाेरमले कर्फ्यू खुकुलाे हाेइन अझै कडा बनाउनुपर्नेमा जाेड […]

रातो मच्छिन्द्रनाथको जात्रामा झडप, पानीको फोहोरा, लाठी र अश्रुग्यास हानेको भन्दै प्रहरीको गाडीमा तोडफोड

ललितपुर, १८ भदाै । सरकाले जारी गरेको निषेधाज्ञाको बाबजुद आज ललितपुरमा राताे मच्छेन्द्रनाथकाे जात्रा सुरु गरिएकाे छ । साे क्रममा प्रहरी र स्थानीयबीच केहीबेर झडप समेत भएकाे छ । जात्रामा सहभागी भएकाहरुमाथि अश्रुग्यास र पानीकाे फाेहाेरा हान्दै लाठी चार्ज गरिएपछि स्थानीयले प्रहरीकाे गाडी ताेडफाेड समेत गरेका छन् ।  जात्रामा ठूलाे संख्यामा मानिसहरु जम्मा भएपछि प्रसासनले […]

निषेधाज्ञालाइ चुनौती दिँदै रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु, बाजागाजासहित सयौ मानिस उत्रिए सडकमा

  ललितपुर, १८ भदाै। सरकाले जारी गरेको निषेधाज्ञाको बाबजुद आज ललितपुरमा राताे मच्छेन्द्रनाथकाे जात्रा सुरु गरिएको छ। निषेधाज्ञालाइ चुनाैती दिँदै बिहानै सयौको संख्यामा मानिसहरु रथ जात्रामा जम्मा भएका छन् ।  ठूलाे संख्यामा मानिसहरु जम्मा भएपछि प्रशासनले केही रोक लगाउने प्रयास गरेकाे थियाे । तर, मानिसहरुको भिड अझ बढ्दै जान थालेपछि प्रसासन पछि हटेकाे छ । […]

उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ। सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक […]

खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भदौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र […]

रौतहटमा एक युवकलाई कञ्चटमा गोली हानी हत्या

रौतहट । रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ। ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो। सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत […]

फेरि निगमले बढायो पेट्रोल मूल्य

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको […]