प्रचन्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा के थियो ?

    कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश […]

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]

मंसिर ३ गते बस्नेगरी सत्तारुढ नेकपाको सचिवालयको बैठक सकियो

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको […]

सूर्यबहादुर थापाका छोरा बनाइए काँग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य […]

पर्खाल नाघेर आर्मी अफिसरको घरमा छिरेर लुकेर बस्ने महिला पक्राउ

काठमाडौं, २७ कार्तिक । घरको पर्खाल नाघेर एक आर्मी अफिसरको घरमा लुकेर बस्ने नेपाली महिला भारतमा पक्राउ परेकी छन् । भारतीय सेनाका अफिसरको घरमा ती महिला गैरकानुनी रुपमा बसेको भन्दै प्रहरीले पक्राउ गरेको हो । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र ती महिलालाई प्रहरीले भेटाएको थियो । २६ वर्षीया महिला नेपालको नवलपरासी जिल्लाकी भएको […]

रौतहटमा १७ वर्षे युवतीको कञ्चटमा गोली हानी हत्या

रौतहट, २७ कात्तिक । रौतहटमा एक युवतीको हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या गरिएको हो । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति घरमै सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको […]

सर्वोच्चको आदेशपछि बामदेव खुसी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुलेको छ। सर्वोच्च अदालतले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुलेको हो। प्रधानन्यायाधीश […]

कोरोनामा ६ अर्ब बढी रकम विनियोजन तर बढ्दैछ संक्रमण

काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम विनियोजन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए । […]

बाइडन जित नजिक, मतगणना तत्काल रोक्न माग गर्दै अदालत गए ट्रम्प

काठमाडौं, २० कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले […]

चार हजार मिटर उचाईको गाउँमा हिउँभित्र हरियो तरकारी

हुम्ला । लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार । लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो […]