कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, ३ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन। गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिपस्र्धा गर्नुपर्ने बताएका हुन । वरिष्ठ नेता पौडेलले मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण […]

जनताको अवस्था बदल्न चुनौतीः मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताएका छन । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा उनले भने, “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।” […]

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन । ‘सानो पाइला’ नामक संस्थाद्वारा आज यहाँ आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी […]

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान

काठमाडौँ, ३ असोज । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ […]

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए । उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए । संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने […]

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौँ, ३ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन । सम्मेलन आगामी २३ सेप्टेम्बर सोमबार देखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुरु हँुदैछ । मन्त्री बस्नेतले […]

एनआरएनएको नवौं विश्व सम्मेलनका लागि अध्यक्ष पदमा कुमार पन्तकाे उम्मेदवारी घाेषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन् ।  काठमाडौंकाे दरवारमार्गस्थित याक एण्ड यति हाेटेलमा पत्रकार सम्मेलन गरि पन्तले आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन । एनआरएनएकाे नवाैं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म काठमाडौंमा हुँदैछ । एनआरएनएमा युराेपकाे संयाेजक, अन्तर्राष्ट्रिय परिषदकाे […]

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

कास्की, ३ असोज । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिए । संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि संविधान आफैँमा उत्कृष्ट र निकृष्ट नहुने भन्दै कार्यान्वयन महत्वपूर्ण रहेको भनाइ राखे । संविधानको सुरक्षा गर्न सकेमात्र […]

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन: प्रधानमन्त्री

काठमाडौँ, ३ असोज ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताए । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याए । उनले भने “हाम्रो […]

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ: मुख्यमन्त्री भट्ट

धनगढी, ३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताए। सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री भट्टले आज यहाँ आयोजित समारोहमा संविधानले परिकल्पना गरेका जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमा मात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताए । […]