परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् । अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा […]

यसरी परिवर्तन हुँदैछ एसईईको कानुनी व्यवस्था

काठमाडौँ ६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ […]

छाङरुमा सशस्त्रको गुल्म, खलंगामा गण राखिने

काठमाडौं, ३ असार । लिम्पियाधुरा, लिपुलेक कालापानीका बारेमा भारतसँग विवाद बढेसँगै दार्चुला जिल्लाको सदरमुकाम खलंगामा सशस्त्र प्रहरीकाे संख्या बढाइने भएकाे छ । साथै कालापानी नजिककाे क्षेत्र छाङरुमा पनि एक गुल्मकाे संरचना राखिने भएकाे छ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सदरमुकाम खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने जानकारी गराएका छन्। अाजै सशस्त्र प्रहरीका […]

लद्दाखमा ३४ भारतीय सैनिक बेपत्ता, ३ को मृत्यु

काठमाडौं, २ असार । चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा […]

सरकारको भ्याकेटको खारेज गर्दै कर सम्बन्धि सर्वोच्चले गर्यो पुरानै आदेश सदर

काठमाडौं, १ असार । सर्वोच्च अदालतले सरकारकाे भ्याकेट खारेज गरेकाे छ । लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सरकारकाे सर्वाेच्चकाे आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट)लाइ सर्वोच्चले खारेज गरिदिएको हाे । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल कर नलिन सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेजीको माग […]

कर्णाली प्रदेशले गर्यो मन्त्री-कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता र खाजा खर्चमा कटौती

सुर्खेत, १ असार । आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएकाे कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधामा कटौती गरेको छ । कर्णाली प्रदेश सरकारका अार्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट पेश गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र […]

राणाहरु विरुद्ध यसरी भएको थियो नेपालको पहिलो विद्यार्थी आन्दोलनः जयतु संस्कृतम्

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ठ महत्व राखेको छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । सोमबार (असार १ गते) ७४ औँ स्मृति […]

नेपाललाइ टुक्राइदिने धम्की दिने सरिता गिरीको सांसद पद निलम्बन हुने

काठमाडौं, १ असार । लिम्पियाधुरा-कालापानी-लिपुलेकसहितको भूगोल समेटेर नेपालको नक्सा संशोधन गर्ने विधेयकमा पार्टीको ह्वीपसमेत नमानेर त्यस विरुद्ध लागेको भन्दै सांसद सरिता गिरीमाथि उनको पार्टीले कडा कारवाही गर्ने भएको छ । जनता समाजवादी पार्टीले उनलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषण गर्ने र उनको सांसद पद समेत निलम्बन गर्ने तयारी गरेको छ । समाजवादी […]

जनसंघर्ष र दवावबाट सरकार एक कदम अघि बढेको विप्लवको भनाई

काठमाडौं, ३२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिम्पियाधुरासहितको भूगोललाई नेपालको नक्सामा राख्ने प्रस्ताव सदनबाट पारित गर्नु देशको हितमा एक कदम भएको बताएको छ । सरकारका विरुद्ध निरन्तर संघर्षमा उत्रिएको सो पार्टीले जेठ ३१ गते प्रतिनिधि सभामा एकमतका साथ आफ्नो गुमेको भूगोल समेट्न संविधान संशोधन गर्ने कार्यलाई एक कदम सकारात्मक बताएको हो […]

बर्दघाटमा गाडी दुर्घटनामा परी गाउँपालिकाका अध्यक्षको मृत्यु

काठमाडौं । विपत व्यवस्थापन समितिको बैठकका लागि भनेर गएका एक गाउँपालिकाका अध्यक्षको दुर्घटनामा परेर निधन भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएको हो। अध्यक्ष शर्माको आइतबार बिहान नवलपरासीको बर्दघाटमा भएको लु १ झ ३७० नम्बरको सवारी दुर्घटनामा निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले […]