बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडा खोजिदै

चितवन, ६ असोज । प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरूको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए […]

पाकिस्तानसँग नियमित हवाइ सैन्य अभ्यास भएको चिनको दावी

एजेन्सी । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ती अभ्यास नियमित भएको जनाएको छ । चिनियाँ पिपुल्स लिबरेशन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, “कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफवाह नफैलाउनु राम्रो […]

दशैंमा गाडी बेच्न अफरै अफर । नुनदेखि सुन दिने योजना

काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं नजिकिँदै गर्दा अहिले शोरूममा गाडी हेर्ने, छान्ने र बूकिङ गर्ने क्रम बढेको छ । दशैंको अवसरमा सबैजसो अटो विक्रेता तथा वितरकले ग्राहकलाई लक्षित गरी विभिन्न योजना ल्याएका छन् । दशैंतिहारका अवसरमा नयाँ सवारी किन्ने सोचमा रहेकाहरूलाई यो उपयुक्त अवसर बनेको छ । कम्पनीहरूले विशेष छूट तथा सुविधाको घोषणा गर्ने […]

चुनाव हारेपछि एमालेका एक उम्मेदवारले गरे आत्महत्या

सिरहा । चुनावमा जीतहार अनिवार्य सर्त हो । हारलाई सहजै स्वीकार गर्न नसक्दा सिरहामा एक उमेद्वारले आत्महत्या गरेकाे खबर  छ । २ नम्बर प्रदेशमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका हुन् । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या […]

बौद्ध दर्शनमा नारीप्रति समानताको दृष्टिकोण

काठमाडौँ, ५ असोज  । मानिस–मानिसबीच शान्ति, सद्भाव तथा भाइचाराको सन्देश दिने बौद्घ धर्ममा आजभन्दा दुई हजार ६०० वर्षअघि नै नारीलाई पनि समान दृष्टिकोणबाट हेरिएको पाइन्छ । भारतको बुद्घगयामा सम्बोधी ज्ञान लाभ गरिसकेपछि भगवान् गौतमबुद्घले पञ्चशील, आर्यअष्टाङ्गिक मार्गजस्ता महत्वपूर्ण ज्ञान विश्वलाई दिए । उचनिच कोही छैन, समानता र भ्रातृभावलाई विशेष महत्व दिने बौद्घ धर्ममा नारीलाई पनि […]

नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए

काठमाडौं, ५ असाेज । काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ । छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले अाजै ती मरेका खसी भेटाएकाे हाे । नाका […]

उत्तरकोरियाले राष्ट्रसंघ महासभामै गएर भन्यो ‘ट्रम्पको अभिव्यक्ति कुकुर भुकाइ’

एजेन्सी । उत्तर कोरियाका उच्च कूटनीतिक अधिकारीले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलार्इ ‘कुकुर भुकाई’को संज्ञा दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिएका थिए। ट्रम्पको यस्तो चेतावनीपूर्ण भाषणप्रति पहिलो पतिक्रिया जनाउँदै उत्तर कोरियाका विदेशमन्त्री री […]

कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु

राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान  नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे […]

पोखरालाई यसरी बनाइने भयो स्मार्टसिटी

पोखरा, ५ असोज । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो । पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल […]

नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना

काठमाडाैं । नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा टेलिकमले गरेको छ। टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म पचास, सय, दुइसय, पाँचयस र हजार रुपैयाको रिचार्ज गर्दा दश प्रतिशत […]