फेसबुकका कारण जीवन बर्बाद भएकी युवतीको यस्तो दर्दनाक कथा

काठमाडाैं, २८ मंसिर । सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए । च्याटमा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो […]

गठबन्धन बनाएर चुनाव जिते पनि एमाले र माओवादीका आ-आफ्नै प्राथमिकता

काठमाडाैं, २८ मंसिर । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन । दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ […]

एकै जिल्लाका १९४ उम्मेदवारको धरौटी जफत

महोत्तरी, २७ मंसिर । दोस्रो चरणअन्तर्गत भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १९४ उम्मेदवारको जमानत जफत भएको छ । कुल प्रतिनिधिसभामा भाग लिएका उम्मेदवार ६९ र प्रदेश सभाका उम्मेदवार १४४ गरि कुल २१३ जना रहेकोमा १९ जनाले जमानत फिर्ता पाउने छन् । बाँकिको जफत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश वा प्रतिनिधिसभामा कुल खसेको […]

प्रत्यक्षमा नराम्ररी पराजित भएको कांग्रेस समानुपातिकमा पहिलो

नुवाकोट, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ भने कांग्रेस अगाडि देखिएको छ बुधबार बिहान सम्पन्न मतगणना अनुसार, नुवाकोटमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ । प्रत्यक्षतर्फको छ वटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार २ सय ५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै एमालेले ३९ हजार ६ […]

६७ नयाँ अनुहार जो पहिलो पटक संसदमा छिर्दैछन्

काठमाडाैं, २७ मंसिर । यसपटककाे प्रतिनिधिसभामा कांग्रेसले नराम्राे पराजय व्यहाेरेकाे छ । कांग्रेसका ठूला हस्तीहरु चुनाव हारेपछि निरास छन् । यतिसम्मकी समानुपातिकमा १ नम्बरमै नाम राखिएका कृष्ण सिटाैला जवरजस्त नाम काट्न लगाएर प्रत्यक्षमा गए तर उनैले चुनाव हारे । चुनाव हारेर झापाबाट काठमाडाै फर्कनै लाग्दा एअरपाेर्टमा सञ्चारकर्मीहरुले कुरा गर्न खाेज्दा निरास सिटाैलाले बाेल्नै मानेनन् । […]

गाउँका धामीझाँक्रीलार्इ तह लगाउन सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, २७ मंसिर । गाउँमा अहिले पनि धामी झाँक्री पर्था कायमै छ । मान्छे विरामी परेमा फस्ट एडका रुपमा पहिलाे उपचार धामी झाँक्रीले गर्ने चलन अहिले पनि हराएकाे छैन । धाँमी झाँक्रीकाे फुकफाकले सन्चाे नभएमा मात्र मानिसहरु अाधुनिक उपचार प्रक्रियातर्फ लाग्ने गरेकाे पाइन्छ । यसाे गर्दा धेरैले अकालमै ज्यान गुमाएका छन् । त्यस्तै तरार्इ र […]

ढुकढुकी बढाउँदै अन्तिममा छलाङ मारेर सुनसरीबाट गच्छेदार निर्वाचित

सुनसरी, २७ मंसिर । सुरुदेखि पछाडि परेर सबैले पराजित हुने अनुमान गरेका विजयकुमार गच्छेदार अन्तिममा छलाङ मारेर जितकाे बाजी मारेका छन् । गच्छेदारले वामगठबन्धनकी उम्मेदवार भगवती चाैधरीलार्इ झिनाे मत अन्तरले पराजित गरेका हुन् ।  सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छेदार वामगठबन्धनकी भगवती चाैधरीलार्इ ३ सय २१ मतले पराजित गरेर विजयी बनेका […]

समानुपातिकमा कुन दलको कति मत ? यस्तो छ ४९ वटै दलको मत परिणाम

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाएरै धेरै साना दलले समानुपातिकमा मत मागेर संसदको यात्रा तय गरे । संसदमा हुने सरकार परिवर्तनको फोहोरी खेलमा उनीहरुले धेरै महत्व र मौका पनि पाए । साना दलका कतिपय नेताहरु मन्त्रीसमेत भए । पहिलो र दोस्रो संविधानसभामा करिव साढे दर्जन दल संविधानसभामा थिए । […]

चार वटा दल मात्र राष्ट्रिय दल बन्ने, बाँकीको समानुपातिक सिट कटौती

काठमाडाैं, २७ मंसिर । नयाँ संविधानमा गरिएकाे थ्रेस हाेल्डकाे व्यवस्थाका कारण यसपटक चार वटा दल मात्र राष्ट्रिय पार्टी बन्ने देखिएकाे छ । अहिलेसम्मकाे मतगणना अनुसार चारवटा दलले मात्र थ्रेसहाेल्ड कटाएका छन् । समानुपातिक तर्फकाे मतगणना अझै जारी रहेकाले अब अर्काे एउटा पार्टी थपिएर पाँचवटा पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना छ । राष्ट्रिय जना पार्टी […]

पोलिटब्यूरो सदस्यसहित गिरफ्तार नेकपाका दर्जन नेता कार्यकर्ता रिहा

काठमाडौं, २६ मंसिर । निर्वाचनका क्रममा गिरफ्तार भएका नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाइ प्रहरीले रिहा गर्न सुरु गरेकाे छ । अहिलेसम्म एक दर्जन नेता कार्यकर्ता रिहा गरिए पनि अझै ठूलाे सङ्ख्यामा कार्यकर्ताहरु प्रहरी हिरासतमै भएकाे नेकपाले जनाएकाे छ । यसक्रममा प्रहरीले काठमाडाैंबाट नेकपाका पोलिटव्युरो सदस्य चन्द्रबहादर चन्द ‘वीरजंग’ र पत्रकार तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका […]