समानुपातिकमा प्रदेश सभामा पर्ने सबै दलका २२० सांसदहरुको सूची

काठमाडौ, १५ पुस । १३ राजनीतिक दलले समानुपातिकतर्फ प्रदेशसभा सदस्यका २२० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् । यी दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता […]

नेताका छाेरी र श्रीमतीहरुलार्इ मात्र समानुपातिकमा छानेपछि माओवादी केन्द्रमा यतिसम्म भाँडभैलो

Maoist-Office

काठमाडौं, १५ पुस । समानुपातिक सांसद छनाैटकाे विषयलार्इ लिएर माअाेवादी केन्द्रमा ठूलाे भाँडभैलाे भएकाे छ । सामाजिक सञ्जालमा विराेध गर्नेदेखि पार्टी कार्यालयमा गएर कुटाकुटसम्म गर्नेहरु बढेका छन् । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेसँगै युवा नेता तथा नेतृहरुले ब्यापक बिरोध सुरु गरेका हुन् । शुक्रबार पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले […]

धेरै ल्याङल्याङ गरे एमालेलाई पाँच वर्ष घाममा सुकाइदिने माअाेवादी केन्द्रकाे चेतावनी

काठमाडाैं, १५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता जति प्रचारमा आएको छ त्यो भन्दा पनि निकै सुस्त भएको छ । एकतालाई चुनावी नारा बनाएका एमाले र माकेका नेताहरु अहिले आन्तरिक कठिनाईको व्यवस्थापन गर्न व्यस्त छन् । एकताको एमाले पनि एकमत हुन सकेको छैन । माकेका केही प्रभावशाली नेताहरुले पार्टी छोडेको घोषणा गरिसकेका छन् […]

वामगठबन्धनका सुत्रधार मानिएका वामदेवको प्रस्तावले एमालेमा बहस चर्कियो

काठमाडौ, १५ पुस । एमाले उपाध्यक्ष वामदेव गौतम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक मत राखेका छन् । बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेपछि एमालेमा खैलाबैला मच्चिएको छ । गौतमको धारणाले […]

माओले नगर भनेका तीन कुरा प्रचण्ड गरिरहेको गोपाल किरातीको आरोप, एमालेमा नजाने घोषणा

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे । “माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । […]

प्रचण्डको हेडक्वार्टरमा कुटाकुट हुँदा हितमान शाक्य र झक्कु सुवेदी घाइते

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र […]

मेयेर- उपमेयर कुनै बिबाद् छैन गलत प्रचार हो :- मेयर शाक्य

    पुस १४ , काठमाडौं /  एतिहासिक रानीपोखरी पुनर्निर्माण सम्बन्धि सम्पदाविद र स्थानीयबासीको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले काम रोकेको छ । महानगरले पुरानै मौलिक स्वरुप भन्दा फरक कंक्रिट प्रयोग गरि संरचना समेत फेरिने गरि निर्माण कार्य बढाएको भन्दै गएको मंगलबार उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा स्थानीय सम्पदाविद लगाएत समुहले ताला बन्द गरेका थिए । लगतै […]

५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

Tourism-Nepal

काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]

१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या

कञ्‍चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् । कञ्‍चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको […]

साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था

काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]