भेरी बबईमा शेयर बाँडफाँटको टुङ्गो

सुर्खेत, २२ कात्तिक । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्का लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र […]

सुदूरपश्चिमकै नमूना बन्दै जोरायलको न्यायिक समिति

डोटी, २२ कात्तिक । डोटीको जोरायल गाउँपालिका–३ अल्याडीका नरेशबहादुर थापा र श्रीमती गोमती थापाबीच मिल्न नसकेको घर झगडा गाउँपालिकाको स्थानीय न्यायिक समितिसमक्ष पुग्यो । घरमा श्रीमान्ले कुटपिट र गालीगलौज गरिरहने भएपछि दुई छोराकी आमा गोमतीको आग्रहमा माइती र घरपक्षसँग छलफल गर्दा पनि सहमति नजुटेपछि यो विवाद न्यायिक समितिमा पुगेको हो । विवाद निरूपणका लागि श्रीमती […]

कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीलाई ओलीलाई कार्तिक २५ गते बोलाइयो

काठमाडौँ, २२ कात्तिक । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल–भारतबीच कालापानीका सम्वन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने […]

कहाँ हुँदैछ प्रदेश ३ को राजधानी ? नामाकरण र राजधानीबारे मुख्यमन्त्रीको खुलासा

चौतारा, २२ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडैनै टुङ्गो लगाइने बताएका छन । सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको बताए । अवको […]

भारतले मिचेको सीमा बारे छलफल गर्न पहिलो पटक प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौँ, २२ कात्तिक । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन । भारतले सीमा मिचेको विषयमा नेपालमा पहिलो पटक प्रधानमन्त्रीस्तरबाट सर्वपक्षीय छलफल बोलाइएको हो । “प्रधानमन्त्रीले सीमा समस्या […]

काठमाडौंदेखि मोटरसाइकलमा डोल्पाको यात्रा सफल

काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटर साईकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ । मोटरसाईकल दुनैमा राखेर टोली फोकसुण्डोतर्फ गएको थियो । काठमाण्डौदेखि पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो । […]

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

काठमाडौँ, २२ कात्तिक । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो । बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन […]

इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते

तेहरान, २२ कात्तिक । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय गभर्नर […]

सत्तारुढ–प्रतिपक्षी सबै एकैसाथ ‘ब्याक अफ इन्डिया’ भन्दै सडकमा

काठमाडौं, २२ कार्तिक । भारतको व्यवहार विरुद्ध सत्तारुढ दलदेखि प्रतिपक्षी सबै एकैसाथ विरोधमा उत्रिएका छन् । सत्तारुढ दलका भातृसंगठन र प्रतिपक्षी दलका जनवर्गीय संगठनहरुले शुक्रबार भारतीय दुतावास अगाडि प्रदर्शन गर्दै ब्याक अफ इन्डियाको नारा लगाएका छन् । भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा यसरी सबै एकैसाथ प्रदर्शनमा उत्रिएका हुन् […]

फैसला कार्यान्वयन तीव्र

रसुवा, २२ कात्तिक । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ । जिल्ला अदालतका अधिकृत श्रेस्तेदार सदन अधिकारीका अनुसार फैसला भई कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका ७९ अभियुक्तको लगत अध्यावधिक रहेकाले ती व्यक्तिको खोजी गर्दै फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ । जिल्ला […]