विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

भद्रपुर, २७ कात्तिक । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । […]

वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]

पहाड–मधेशका धेरै विद्यार्थी संस्कृत पढ्न मटिहानीमा

महोत्तरी, २७ कात्तिक । संस्कृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको यहाँका बासिन्दा बताउँछन् । संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती […]

काठमाडौंमा नेपाल र पाहुना देशका राष्ट्रपतिका फोटो जस्तै गरी नगरकोटका पोलपोलमा प्रचण्डका घरभेटीको फोटो टाँसियो

काठमाडौं, २६ कार्तिक । शैलुङ कन्स्ट्रसनका मालिक शारदा प्रसाद अधिकारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरभेटी हुन् । प्रचण्डसँगको निकट सम्बन्धकै कारण उनले ठूला ठूला ठेक्का पारेको भन्ने व्यापक चर्चाकैबीच अहिले नगरकोटका सडकमा अचम्मको दृष्य देखिने गरेको छ । राजधानीमा केही समययता उच्च तहका विदेशी पाहुना आउने […]

ख्याल गर्नुस तपाईको बैंक खाताबाट लुटिएलाः साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

काठमाडौँ, २६ कात्तिक । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध […]

रौतहटमा अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण

रौतहट, २६ कार्तिक । रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवाल रञ्जित यादव रहेको बताइएको छ । वम विष्फोट हुँदा उनी सेन्ट्री […]

चिनियाँ कम्पनीले नेपालमा तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाउने

काठमाडौँ, २६ कार्तिक । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले […]

सरकारले कुरा नसुनेपछि माध्यमिक तहको स्कूल चलाउन र शिक्षकलाई तलब खुवाउन महायज्ञ

तम्घास, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक […]

६ बच्चाको ज्यान लिने नरभक्षी चितुवा यसरी आयो विज्ञ टोलीले थापेको काठको खोरमा

दमौली, २६ कात्तिक । तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: १४ वर्ष बित्दा पनि ६० प्रतिशत मात्र काम

राँझा, २६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको […]