कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक(नामावली सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले कोरोनाको कारण एसइइ परीक्षा स्थगित गरेपनि आइतवार कक्षा ११ र १२ को भने परीक्षा केन्द्र सार्वजनिक गरेको हो । डडेल्धुरा धनगडी सुर्खेत दाङ  नेपालगंज बुटवल पोखरा काठमाडौं हेटौडा जनकपुर लहान बिराटनगर  

भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन, बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौँ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।  समितिको  बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको […]

कोरोनाविरुद्ध महाभियान सञ्चालन हुँदै

भक्तपुर । कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना […]

भारतबाट आएकाहरु नेपालगञ्जको क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो […]

शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६१६४ […]

अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

अर्घाखाँची ।  आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य […]

महामारी फैलिरहेको बेला मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?

काठमाडौँ, कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ । कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन नाटकीय रुपमा बदलिँदै गएको छ । समय समयमा यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको सोच्ने क्षमता समेत धेरै बदलिएको पाइन्छ । यसले मानिसको मानसिक […]

उपत्यकासहित देशभर क्षणिक वर्षाको सम्भावना

काठमाडौं, १० चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी […]

कोरोना भाइरस संक्रमित युवती काठमाडौं उपत्यकाकी, सामान्य खोकी लागेपछि उनले आफैं अस्पतालमा फोन गरेकी थिइन्

काठमाडाैँ १० चैत । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ। कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। नेगेटिभ […]

हजारौँ यात्री, सयौँ सवारी साधन ओहोर दोहोर गर्ने सुनौली नाका बन्द ’ ढुवानीका गाडीहरु भने चलिरहने

बुटवल, १० चैत ।  छिमेकी मुलुकसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै रुपन्देहीको सुनौली सुनसान भएको छ । दैनिक हजारौँ यात्री तथा सयौँ सवारी साधन ओहोर दोहोर गर्ने यो नाका सोमबार बिहान १० बजेपछि सुनसान बनेको हो । नेपाल सरकारले चीन र भारत दुवै देशका नाका बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक […]