सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने

अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका “राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र […]

शिवराज नगरपालिकाद्वारा राहत सामग्री खरीदका लागि मूल्यसूची माग

शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ । राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय परिवारका लागि खरीद गरी वितरण गर्न मूल्यसूची आह्वान गरेको हो । समितिको बैठकले मध्यम खालको चामल, मसुरोको दाल, सनफ्लावर तेल, […]

बचत समूहद्वारा विपन्न र असहाय परिवारलाई राहत

  कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ । लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो । समूहका सदस्य तथा स्थानीय मनकारी मन भएका ब्यक्तित्वहरूको सहयोगमा विपन्न परिवारलाई राहत प्रदान गरिएको भू.पू. […]

शिवराजले नगरभित्रका १६ सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने

शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । […]

चिनियाँ गरिबी निवारण कोष जनकपुरमा

चिनियाँ गरिबी निवारण कोषले जनकपुरमा हात धुने स्थलहरु सञ्चालनमा ल्याएको छ । काेषकाे  नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जनकपुर उप- महानगरपालिकामा ह्यान्डवास स्टेसनहरु सञ्चालनमा ल्याएको हाे । जनकपुरमा मान्छेको धेरै भीडभाड हुने क्षेत्र, प्रहरी कार्यालय लगायतका विभिन्न सार्वजनिक स्थानमा शुक्रबार  हातको सरसफाईका लागि आवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका सामाग्री पर्याप्त मात्रामा राखिएको […]

चीनमा राष्ट्रिय शाेक

चीनमा शनिवार शोक घोषणा गरिएको छ र चिनियाँहरु कोभिड १९ का कारण ज्यान गुमाउने आफन्त लाई सम्झना र जनसेवा गर्दागर्दै ज्यान गुमाउनेहरुको सम्मान गरिरहेका छन् । राष्ट्रपति शी जिनपिङ शनिबार कोरोनाभाइरस निमोनिया कोभिड १९ का कारण मरेका स्वदेशीको बिरूद्ध लड्न आफ्नो ज्यान अर्पण गर्ने शहीदहरूको लागि राष्ट्रिय शोकको अवधिमा सहभागी भए । शी र अन्य […]

विदेश यात्रा नै नगरेका व्यक्तिमा नेपालमा पहिलोपटक देखियो कोरोना संक्रमण

काठमाडौं, २२ चैत । नेपालमा पहिलोपटक एक स्थानीय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको भेटिएको छ। भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषसँगै नेपालमा पहिलो पटक एक स्थानीय महिलामा पनि यो भाइरसको संक्रमण भेटिएको छ। धनगढीका ३४ वर्षीय संक्रमितकी भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले […]

लकडाउनको समय थप्ने वा नथप्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै,

काठमाडौं, २२ चैत । स्वास्थ्य सामाग्री खरिदका बारे अनियमितता भएकाे लगायत व्यापक कुरा उठिरहेका बेला आज मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे छ । अपरान्ह ४ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे । मन्त्रिपरिषद बैठकमा चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा छलफल हुने बताइएकाे छ । […]

भारतबाट आएका थप तीनमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको […]

सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान भएको छ। मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए। जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन […]