सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण

काठमाडौ, २७ पुस । नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गरे […]

आज पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा […]

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा […]

नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु हुँदैनः मन्त्री आले

काठमाडौं, २६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन्। सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्। उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण […]

२५ जनाभन्दा धेरै भेला हुन नपाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । आइबार बसेको सीसीएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई […]

स्मार्ट लकडाउ हुने भयो , के गर्न नपाउने ?

पुस २५ ,काठमाडौँ । भारतमा कोविड संक्रमितको संख्यामा तीव्र रुपमा बढे संगै नेपालमा पनि दैनिक संक्रमितको संख्या थपिएपछि समयमै नियेंत्रण गर्न  कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र सिसीएमसीले  सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने  निर्णय गरेको छ ।         माघ ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने गर्री  सार्वजनिक […]

कोरोना संक्रमित फेरि बढे, शनिवार ९४४ जनामा कोरोना संक्रमण

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् […]

६ दिनअघि हिमपहिरामा पुरिएका छन्त्याल अझै भेटिएनन्

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । ‘खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ’, […]

शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितीमा राख्न अन्तरिम आदेश

काठमाडौ, पुस १३ । पाटन उच्च अदालतले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अदालतका न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई १८ गते छलफलमा बोलाउँदै शाखा अधिकृत विज्ञापनको प्रक्रिया पुस १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश दिएको हो। लोकसेवा आयोगले २०७६ मा गरेको […]