भरतपुर महानगरमा रेणुले लिइन अग्रता ! देवी ज्ञवालीभन्दा रेणु दाहाल अघि

चितवन , २१ साउन । निकै चर्चामा रहेकाे चितवन भरतपुरमा महानगरपालिकामा अन्तत: रेणु दाहालले अग्रता लिएकी छन् । भरतपुर महानगरकाे मत गणना भइरहेकाे अन्तिम वडाबाट रेणुले अग्रता लिएकी हुन् ।  २० नम्बर वडामा रेणु दाहाले अहिले ९९ मतकाे अग्रता लिएकी छन् । रेणुको मत ४२ हजार ५ सय ८९ पुगेकाे छ भने देवीकाे मत ४२ […]

भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

चितवन , २१ साउन । भरतपुर महानगरपालिका वडा नं। १९ को वडा अध्यक्षमा काग्रेसका विजयी कर्णबहादुर गुरुङ्गसहित काग्रेस प्यानलै विजयी भएको छन् । सो १९ नं. वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यहरुले विजयी भएका हुन् । सार्वजनिक गरिएको मत परिमण अनुसारमा गुरुङले १४ सय ७८ मत पाएका छन् गतराति शुरु भएको मतगणना कार्य वडा नम्बर […]

बुटवलमा गोली चल्यो । ठूलो सङ्ख्यामा प्रहरी परिचालन

रुपन्देही, २० साउन । रुपन्देहीमा अज्ञात समूहले एक व्यापारीमाथि दिउसै गोली प्रहार गरेको छ । जिल्लाको मणिग्राममा दिउसो गोली चलेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले गोली चलेको जानकारी दिएका छन् । साथै उनले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र गोली हान्नेहरुको खोजी भइरहेको बताएका छन् । मणिग्रामका स्थानीय […]

बरिष्ठको विवादले राजपा फेरि फुटको संघारमा । आधा दर्जनले गरे बैठकै बहिस्कार

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार […]

निगमलाई डुबाउन वास्तविक मुल्यभन्दा ६ गुणा बढी बढाएर जग्गा खरिद

काठमाडौं, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ। सांसदहरूका अनुसार निगमले झापामा खरिद गरेको २३ बिघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ बिघा दुर्गममा पर्छ। उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र छ । तर निगमले ‘चलखेल’ गरेर प्रतिकट्ठा […]

यसरी बदलिदैछ नेपाली सेनाको संरचना

काठमाडौं, १८ साउन । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो। सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय […]

गृहमन्त्रीसँग विप्लवका प्रवक्ता आगो । हस्तक्षेप नरोके कडा संघर्षको चेतावनी

काठमाडौँ, १७ साउन । नेपाल कम्युनस्टि पार्टीले पोखरा पृथ्वी चोकस्थित सस्तो बजारका व्यवसायीमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । विगत पाँच वर्षदेखि फुटपाथका व्यापारीले लगानी गरेर सस्तो बजार संचलान गर्दै आएका साना व्यपारीलाई उठिबास लगाउन सरकार भ्रष्ट तत्वसँग मिलेको नेकपाले बताएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार विज्ञप्ति जारी गरेर सरकार र नेपाल वायु […]

भरतपुर १९ मा साउन २० गते फेरि मतदान हुने । कसैले प्रचार गर्न नपाउने

काठमाडौं, १७ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते पुनः मतदान गर्न दलहरु सहमत भएका छन् । २० गते निर्वाचन हुने भएपछि निर्वाचन आयोगले आजैबाट शुन्य समय सुरु भएको जनाएको छ । शुन्य समय सुरुभएका कारण कुनै पनि उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा […]

हत्या गरी मलेसिया, कम्बोडिया, भियतनाम बसी फर्केका व्यक्ति १५ वर्षपछि प्रहरी फन्दामा

झापा, १७ साउन । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका […]

आयल निगमको करोडौ अनियमिततामा सबै मौन

काठमाडौं, १७ साउन । आयल निगमले जग्गा खरिदमा गरेको अनियमिततामा सरोकारवालानिकाय आश्चर्यजनक रूपमा मौन छन्। निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा किन्दा करोडौं रुपैयाँ अनियमितता गरेको सार्वजनिक भए पनि सरोकारवाला निकायहरू आपूर्ति मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुपचाप छन् । नियमअनुसार निगम सञ्चालक समितिमा आपूर्ति सचिव […]