अर्थतन्त्र डावाडोल पार्न भूमिका खेलेको भन्दै गर्भनर महाप्रसादमाथि सरकारले थाल्यो छानविन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकको महत्वपूर्ण सूचना चुहाउने गरेको भन्दै सरकारले उनीमाथि छानविनको प्रक्रिया अगाडि बढाएको हो । सरकारले उनकाबारेमा जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थमन्त्रालयका अनुसार सरकारले तत्कालका लागि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक […]

काठमाडौंका मेयर शाक्यलाई सर्वोच्चमा उपस्थित हुन ७ दिने आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई अदालतमा उपस्थित हुन सात दिने अल्टिमेटमसहित आदेश दिएको छ । अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा हाजिर हुन अादेश दिएपछि मेयर अहिले अाफ्ना निकटका कानुन व्यवसायीसँग परामर्श गरेकाे स्रोतले जनाएको छ । सर्वाेच्चले मेयर शाक्यसहित ४ जनालाई अदालतमा उपस्थित हुन भनेको छ । मेयर शाक्यले एेतिहासिक काष्ठमण्डपको मूर्ति विवादबारे अदालतले […]

सर्लाहीमा गोली प्रहार गरी एक जनाको हत्या

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको […]

एक करोड ९४ लाख मतपत्र छाप्दै निर्वाचन आयोग

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको […]

देशमा चरम संकट आएपछि श्रीलंकाका सबै मन्त्रीले दिए एकसाथ राजीनामा

काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ : ५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ : ३० बजे […]

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । ग्यास बुलेट ट्याङ्करको ठक्करबाट काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास […]

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धि छलफलको लागि निर्वाचन आयोगले यही चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ। निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगका एक अधिकारीले जानकारी दिए। २२ गतेको बैठकमा दलहरुको सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लगाउने तयारी आयोगले गरेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख […]

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा रसुवागढी र तातोपानी नाका सञ्चालनमा कुरा हुने एनसीसीएफएको विश्वास

काठमाडौं । नेपाल-चीन वाणिज्य मैत्री संघले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी ले आजदेखि गर्न लाग्नु भएको नेपाल भ्रमणको सिलसिलामा लामोसमयदेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका अविलम्ब सञ्चालनका लागि छलफल हुने विश्वास व्यक्त गरेको छ । सो संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना महामारीसँगै चीनसँगको नेपालका प्रमुख व्यापारिक नाका […]

मोरङ लेटाङमा भएको झडपमा एक प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ […]