सेयर बजारः परिसूचकको उकालो यात्रा कायमै

काठमाडौँ, १ असोज । धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अङ्कले वृद्धि भई […]

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन: प्रधानमन्त्री बाट शिलान्यास

काठमाडौं, १ असोज । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन […]

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका, सरकारलाई व्यवस्थित दृष्टिकोण र योजना बनाउन सुझाव

काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै विज्ञहरुले बहुविकल्पहरु निर्माण गरेर अघि जानुपर्नेमा जोड दिएका हुन् । फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा […]

प्राकृतिक दोहन रोक्न सरकारको ध्यानाकर्षण

रुपन्देही, ३० भदौ । भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग गरेको हो । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष रश्मिराज नेपालीले […]

लोप भए माटोका गाग्री

जाजरकोट, ३० भदौ । चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् । परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो […]

दुई करोड राजश्व

मिक्लाजुङ, ३० भदौ ।जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । राहदानी बनाएर मात्रै आव ०७५÷७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी […]

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, पक्रन खोज्दा गोली चलाउने नदीमा हामफाले

अछाम, २९ भदौ । अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि गाेली हानिएको प्रहरीले जनाएको छ। तर, गाेली कसले किन चलाएकाे हाे भन्ने अहिलेसम्म थाहा हुनसकेकाे छैन […]

बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर हत्या गरी लुटियो पाँच लाख

बुटवल, २९ भदौ । रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का महेन्द्र कुर्मी हुन । उनलाई रुपन्देहीकै रोहणी गाउँपालिका वार्ड नं. ३ मा हत्या भएको हो […]

पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही

काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो […]

देशभरिका विज्ञान विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिने

काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो । दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]