पर्यटनमन्त्री भट्टराईपछि शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको चपेटोमा सरकारका उच्च अधिकारिदेखि मन्त्रीसम्म पर्न थालेका छन् । शनिबार मात्रै पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको थियो भने आइतबार अर्का मन्त्रीमा कोरोना पुष्टि भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए […]

मन्त्रिपरिषदले गर्यो यस्ता निर्णय, ६ महत्वपूर्ण निकायमा नियुक्ति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । गत असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम […]

कर्णालीका मुख्यमन्त्री विरुद्ध सत्तारुढ दलकै सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव

सुर्खेत । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आजको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्। उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका […]

बडा दशैँको प्रयोजनको लागि नयाँ नोट सटही नहूने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक बर्ष नयाँ नोट साट्ने गरेकोमा यो बर्ष नसाटने जानकारी गराएको छ । हरेक बर्ष राष्ट्रिय चाड बडादशैं अगाडी नै आम सर्वसाधारणले हेर्दै आएका नयाँ नोट यस बर्ष कोरोना महामारीका कारण नयाँ नोट सटही नहुने राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा […]

जागरुक युवा समाजले गरे काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रम

काठमाडौं। जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुम्बहालमा रक्तदान कार्यक्रम गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा समाजले रक्तदान कार्यक्रमको आयोजन गरेको हो । कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए । पछिल्लो समयमा जागरुक युवा समाज […]

अन्ततः सरकारले डा.केसीसँग ग¥यो फेरि ८ बुँदे सहमति, अनसन आइतबार मात्र तोडिने

काठमाडौं, २४ असोज । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले फेरि ८ बुँदे सहमति गरेको छ । डा.केसीका तर्फबाट सहभागी भएको वार्ता टोली र सरकारका प्रतिनिधित्व गर्ने वार्ताटोलीबीच सो सहमति भएको हो । सहमतिपछि डा. केसीको अनसन तोडिने भएको छ । उनी २७ दिनदेखि अनसनमा बसेका छन् । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनाली र डा. […]

आफ्नै पिताको हत्यासँग जोडिएको नारायणहिटी

काठमाडौं । नारायणहिटी हत्याकाण्ड भन्ने बित्तिकै धेरैले २०५८ जेठ १९ गते तत्कालीन राजा बिरेन्द्रको परिवार नै सखाप हुने गरी भएको घटना सम्झन्छन् । लामो समयसम्म राजाहरुको शासन प्रशासन चलेको नारायणहिटी अहिले दरवार होइन, एउटा संग्राहलय भएको छ । तर, नारायणहिटी भन्ने बित्तिकै धेरैको दिमागमा उही राजा बिरेन्द्रको वंश हत्या भन्ने दिमागमा आउँछ । तर, नारायणहिटीमा […]

काठमाडौं उपत्यकामै भेटिए २६७२ संक्रमित

काठमाडौं, २४ असोज, । देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका […]

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार ह्वात्तै बढेर पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार शनिवार ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९३२० नमूना परीक्षण […]

लिमीमा खाद्य संकट, काठमाडौंमा दौडधुप

हुम्ला । हुम्ला–हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा खाद्यान्न संकट हुन थालेको छ । सदरमुकामसँग बर्षाको ६ महिना मात्र सम्पर्क हुने हिमालपारीको गाउँमा कोरोना महामारीका बीच चीनको तिब्बतीयन पठार पुराङबाट आवश्यक बन्दोबस्तीका सामानहरू आउन पाएको छैन । पछिल्लो समय चर्चा परिचर्चामा आएको लिमी लाप्चा क्षेत्रमा समुहका समुहहरू जाँदा लिमी तीन गाउँका […]