बडा दशैँको प्रयोजनको लागि नयाँ नोट सटही नहूने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक बर्ष नयाँ नोट साट्ने गरेकोमा यो बर्ष नसाटने जानकारी गराएको छ ।

हरेक बर्ष राष्ट्रिय चाड बडादशैं अगाडी नै आम सर्वसाधारणले हेर्दै आएका नयाँ नोट यस बर्ष कोरोना महामारीका कारण नयाँ नोट सटही नहुने राष्ट्र बैंकले बताएको छ ।

नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएको परिपेक्ष्यमाआम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी बैंकका कुनै पनि कार्यलयहरुबाट यस बर्षको बडा दशैँको प्रयोजनको लागि नयाँ नोट सटहीको सुबिधा प्रदान नगरिने व्यहोरा नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ।

Loading...