कर्नाटकमा मोदी र भाजपा सुपरफ्लप, राहुल र एचडीको राजनीति यसरी बन्यो सफल

काठमाडाैं । जनता दल सेक्युलर, जेडिएसका नेता कुमारस्वामीले बुधबार भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीको शपथ लिए । उनले बैंगलुरुमा भएको विशेष समारोहमा उनले मुख्यमन्त्री पदको शपथ लिएका हुन् । यस्तै कांग्रेसका नेता जी परमेश्वरले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् । भारतीय जनता पार्टी, भाजपाका बिएस येदियुरप्पाले संसदमा बहुमत साबित गर्न नसकेर राजीनामा दिए । त्यसकारण कर्नाटकमा एकहप्ता […]

अन्डरलाईनहरुको समाजवादः कुहिरोको काग

एमाले–माके एकता ‘ए ! कता ?’ जस्तै भएको छ । कतिपय सन्दर्भमा यो कुहिरोका कागजस्तै रुमलिएको छ पनि । एकता नै सबथोक हो भन्दै जडसूत्रीय शैलीमा माके–एमाले गठबन्धनबाट क्रान्तिकारी कार्यदिशा बिनाको व्यापारिक एकता जसरी हल्ला गरिएको छ, त्यसको राजनीतिक औचित्य देशमा मुट्ठीभर दलाल पुँजीवादी राजनीतिक लुटेराहरूको लुटखसोटबाहेक अर्को केही हुनेछैन । देशमा समाजवाद स्थापना गर्ने, […]

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना

काठमाडौं, १० जेठ । नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ । […]

दरबारमार्ग सामूहिक बलात्कार प्रकरणः युवतीका प्रेमी जेल चलान

काठमाडौं, ९ जेठ । चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको […]

अमेरिकाले नयाँ सर्त राखेपछि भाँडिदै वार्ता, क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा बस्न किमको निर्देशन

काठमाडौं, ९ जेठ । अमेरिका र उत्तर कोरियाबीचको वार्ता हुने भन्दा नहुनेतिर अगाडि बढेको छ । सुरुमा विना सर्त वार्तामा बस्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा आएर नयाँ सर्त अगाडि सारेका छन् । अमेरिकाले परमाणु हितयार नष्ट गर्न उत्तर कोरियालाई दवाव दिइरहेको छ । ट्रम्पले उत्तर कोरियाले हतियार नष्ट नगरेसम्म वार्ता नगर्ने संकेत गरेसँगै […]

सुनसरीका जिल्ला शिक्षा अधिकारीको यस्तो लाजमर्दो हर्कत !

काठमाडौं, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि […]

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिने

काठमाडौं, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारतको नयाँ दिल्ली लगिने छ । आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई उपचार गर्न भारत लैजान लागिएको हो । उनको अहिले ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । अस्पतालले नै भारतको मेदान्त अस्पतालमा लैजान सुझाव दिएकाले आज साँझ त्यसतर्फ लगिने पारिवारिक स्रोतले जनाएको छ । गत […]

घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी पक्राउ

काठमाडौं, ९ जेठ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ […]

नेकपाको कडा चेतावनीपछि विराटनगरको भारतीय कार्यालय बन्द

काठमाडौं, ८ जेठ । नेकपाको कडा चेतावनीपछि भारतले अनुमतिबिना संचालन गर्दै आएको बिराटनगरस्थित दूतावासको अफिस झन्डै १० बर्षपछि बन्द गर्ने भएको छ ।  नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले टरेको थिएन । स्थानीयले समेत उक्त कार्यालय हटाउन बारम्बार माग गरेपनि नेपाल सरकारले समेत खासै चासो […]

यसरी पक्राउ परेका रहेछन गोरे, खुल्यो नयाँ रहस्य

काठमाडौं, ८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव […]