नाइजर, १३ भदौ । पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् […]
विश्व
उत्तरकाेरियाद्वारा जापानी अाकाशमा क्षेप्यास्त्र प्रहार
एजेन्सी । उत्तर कोरियाले जापानी अाकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ । क्षेप्यास्त्र समुन्द्रमा खसेका कारण कुनै क्षति भने भएकाे छैन । उत्तरकाेरियाले परिक्षणका क्रममा उक्त क्षेप्यास्त्र जापानमा पुगेकाे बताइएकाे छ । तर, केहीले भने उत्तर काेरियाले जानी जानी याे क्षेप्यास्त्र जापानतर्फ प्रहार गरेकाे जनाएका छन् । मंगलवार बिहान परीक्षण गरिएको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो […]
बलात्कारी धर्मगुरु रहिमबाट ४८ महिला पीडित केहीको हत्या भएको खुलासा
नयाँ दिल्ली, १२ भदौ । भारतका विवादास्पद धर्मगुरु गुरमित राम रहिमलाई अन्ततः जेल सजाय तोकिएको छ । जेल सजाय दिइएसँगै उनका नयाँ नयाँ पोल खुल्न थालेका छन् । आफ्नै एक भक्तमाथि बलात्कार गरेको आरोपमा विवादमा पक्राउ परेका उनीबाट अहिलेसम्म ४८ जना महिलाहरु यौनहिंसाबाट पीडित बनेको तथ्य खुलेको छ । साथै उनले केही महिलाहरुको हत्या समेत […]
दाेक्लामबाट भारतीय सेना पछि हट्याे । चिनियाँ सेनाले अब एक्लै गस्ती गर्ने
काठमाडाैं, १२ भदाै । लामाे समयदेखि विवाद चल्दै अाएकाे चीन र भारतीय सीमा क्षेत्र दाेक्लमबाट भारतीय सेना पछि हटेकाे छ । दाेक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ भूमीमा पुगेर गस्ती गर्न थालेपछि चीनले कडा अापती जनाउँदै अाएकाे थियाे । साथै साे क्षेत्रमा चीनले पनि अाफ्ना सेना पठाएपछि दैनिक क्षडप हुने गरेका थिए । दाेक्लामबाट भारतीय सेना […]
बिहारमा माेदी विरुद्ध लालु–कांग्रेस गठबन्धनकाे विशाल र्याली
बिहारमा सत्तारुढ गठबन्धनका विरुद्ध ठूलो जनमत देखा परेको छ । लालुसँगको संगत छाडेर विजेपीसँग गएका नितिशकुमार सहितको सत्ता गठबन्धनका विरुद्ध लालु र भारतीय कांग्रेसले फेरि ठूला ठूला र्याली निकाल्न सुरु गरेका छन् । बिहार ठूला ठूला र्यालीको लागि प्रसिद्घ मानिन्छ । तर, यसपटक अनुमान लगाइएको थियो कि सत्ताबाट बहिर्गमन, सीबीआईको छापा र नयाँ नयाँ समस्याबाट […]
किम जोङ उन किन यस्तो गर्छन ? उत्तर कोरियाको अनौठो रहस्य
एजेन्सी । उत्तर कोरियाले ‘गल्ती’ले तस्बिरहरूको पृष्ठभूमिबाट जरुरी जानकारी सार्वजनिक गरेको यो नै पहिलोपटक होइन । त्यसैले यस ‘गल्ती’माथि पनि शंका व्यक्त गरिँदै छ । बताइँदै छ कि उत्तर कोरियाले पछिल्लो समयमा ‘गल्ती’ले आफ्ना दुई यस्तो क्षेप्यास्त्रको जानकारी सार्वजनिक गरेको छ, जसको अहिलेसम्म परीक्षण पनि गरिएको छैन । देशका सर्वोच्च नेता किम जोङ उन एउटा […]
डोकलामबाट सेना फिर्ता गर्ने चीनसँग समझदारी भएको भारतको दावी
नयाँ दिल्ली, ११ भदौ । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरू फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ । महिनौँ लामो विवादपछि दुई देशबीचको कूटनीतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौँदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको […]
हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु
भियना, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।
पाकिस्तानको पञ्जाबले गर्यो ६९ जना आतंकवादीको सूची सार्वजनिक
पाकिस्तान, ११ भदौ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतंककारीको अति वाञ्छित (मोस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपीके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि जानकारी गराएको छ । प्रति व्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दू सञ्चारमाध्यमहरूले जनाएका छन् […]
अमेरिकामा चक्रपातको वितन्डा
एजेन्सी । अमेरिकामा आएको चक्रपातले ठूलो वितण्डा मच्चाएको छ । चक्रपातबाट ठूलो धनजनको क्षति पुर्याएको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म कम्तिमा पनि २ जनाको ज्यान गएको छ । शुक्रबार अबेर रातीदेखि आएको हर्भि नामको चक्रपातले टेक्सासको जनजीवन अस्तव्यस्त बनाएको छ । सो आँधी प्रतिघन्टा २ सय १५ किलोमिटरको गतिमा आएको बताइएको छ । आँधीमा […]