टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला विपक्षी नेतालाई यसरी लगाइयो हतकडी

लुसाका । जाम्बियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ । विपक्षी दल युनाइटेड प्रोग्रेस पिपुल्स (यूपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेको उहाँको पार्टी यूपीपीले पुष्टि […]

टोकियोको प्रसिद्ध सुकिजी बजारमा आगलागी (भिडियो सहित)

टोकियो । जापानको राजधानी टोकियोको सुकिजी बजारमा बिहीबार साँझ आगलागी भएको छ । साँझ प्राय पसल बन्द भएपछि आगलागी भएकोले मानवीय क्षति नभएको उद्धारमा संलग्न अग्नी नियन्त्रकले जनाएका छन् । घटनास्थलबाट समाचार तयार पार्दासम्म आगोको ज्वालासहितको धुँवाको मुस्लो जमिनबाट निकै माथिसम्म फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् तर आगलागीबाट भएको आर्थिक क्षतिबारे अझै बिस्तृत विवरण प्राप्त हुन […]

दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

मायमी । विश्वको पाँचभागको एक भाग जनसंख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त संकट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो । उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको […]

रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा

काठमाडौं, १९ साउन । रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा भएको छ । रसियन प्रधानमन्त्री दिमित्री मेदनेभले हालै अमेरिकाले लादेको आर्थिक नाकाबन्दीको विधेयक मस्कोका विरुद्ध गरिएको पूर्ण रुपको व्यापारिक युद्धको घोषणा भएको टिप्पणी गरेका छन् । अमेरिकी कांग्रेसले रसिया विरुद्ध अार्थिक नाकाबन्दी लगाउने निर्णयसँगै दुर्इ देशले व्यापारिक युद्ध सुरु भएकाे टिप्पणी गरेका हुन् । रुसका […]

अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो

वासिङटन, १८ साउन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको […]

केलीद्वारा ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’का रूपमा शपथ ग्रहण

वासिङ्टन, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालयमा हालै रिक्त भएको ‘चिफ अफ स्टाफ’का रूपमा जोन केलीलाई चयन गरिएको छ । उनले सोमबार एक कार्यक्रमबीच शपथ खाएका छन् । राष्ट्रपति ट्रम्पले जनरल केलीलाई हालै शपथ खुवाइएको जानकारी दिँदै ट्वीटमा लेखेका छन, “केलीले चिफ अफ स्टाफका रूपमा असाधारण जिम्मेवारी बहन गर्नेमा म विश्वस्त छु […]

बेलायती राजकूमार फिलिपले यसै हप्ता सार्वजनिक पदबाट अवकाश लिने

लण्डन, १६ साउन । बेलायतका राजकुमार फिलिपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिनुहुने भएको बेलायतको राजदरबारबाट सोमबार जानकारी गराइएको छ । महारानी एलिजावेथ द्वितीयका जीवनसंगी ९६ वर्षीय फिलिपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन् । द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका […]

भेनेजुयलाको लोकतन्त्रको नियती प्रति युरोपेली संघको चिन्ता

ब्रसेल्स, १६ साउन । युरोपेली संघले लोकतन्त्रका नाममा भेनेजुयलामा भएको विवादास्पद निर्वाचनमा सत्यता मरेको भन्दै सोमबार गम्भीर चिन्ता व्यक्त गरेको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संविधानको पुनःलेखनका लागि भएको निर्वाचनमा आफूले जितेको भन्दै आइतबार घोषणा गरेका थिए । उनले सरकारविरोधी आन्दोलनका क्रममा चार महिनामा एक सय २० जनाको मृत्यु भएको जनाउँदै उक्त अवधिमा भएका […]

विद्युत महशूल बढायो प्राधिकरणले । यस्तो छ नयाँ शुल्क

काठमाडौँ, १६ साउन । नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । प्राधिकरणले यही साउन ६ गते […]

संविधान सभा सदस्यका एक उम्मेदवारको हत्या

कराकस । भेनेजुयलामा प्रतिपक्षीको विरोधकाबीच भएको निर्वाचन सुरुहुन केही घण्टामात्र बाँकी रहँदा संविधान सभाको सदस्यमा उम्मेदवार रहेका एक जनाको उनकै घरमा प्रवेश गरी हत्या गरिएको अभियोजकले बताएका छन् । प्रतिपक्षीले बहिस्कार गरेको निर्वाचनमा ३९–बर्षीय उम्मेदवार जोस फेलिक्स पिनिडाको क्युदाद बोलिभर शहरस्थित उहाँकै घरमा हत्या भएको हो, अभियोजकको कार्यालयले जनाएको छ । भेनेजुयालाको प्रतिपक्षी गठबन्धन समूह […]