जब मोदीले आदिकवि भानुभक्तलाई सम्झिदै भाषण गरे

काठमाडौं । ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको आर्शीवाद पाएको भूभाग भएको बताए । उनी त्यतिमै सीमित भएनन् । त्यहाँको जनजातिको संस्कृतिको प्रचार गर्ने पञ्चानन वर्माको कर्मस्थल रहेको बताए । मोदीले आफ्नो […]

परराष्ट्रले ल्यायो राजदुत नियुक्तिका लागि नयाँ मापदण्ड

काठमाडौँ, २४ माघ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार […]

कांग्रेसमा पारिवारिक प्रभाव झन बढ्दो, दाजु पार्टी अध्यक्ष, बहिनी महासचिव

नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीमा गान्धी परिवारको दवदवा बढेको छ । सोनिया गान्धीले पार्टी परित्याग गर्दा आफ्नै छोरा राहुल गान्धीलाई पार्टी अध्यक्ष बनाएकी थिइन भने तिनै राहुलले अहिले आफ्नै बहिनीलाई पार्टीको महासचिव जस्तो प्रभावशाली पद दिएका छन् । राहुलले बुधवार बहिनी प्रियंकालाई पार्टी केन्द्रीय कार्यालयमा लगेर महासचिवको पदबहाली गराएका हुन् । राहुलले प्रियंकालाई केही […]

स्वाइन फ्लूका कारण ११ को मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लू प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक […]

अत्यधिक हिउ परेपछि अमेरिकाका ४ राज्यमा सङ्कटकाल घोषणा

काठमाडौ, १६ माघ । अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ। ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका हुन्। मध्यपश्चिम क्षेत्रका इलिनोइ, मिसिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ। दक्षिणी राज्य एलाबामा र जोर्जियाका बासिन्दा चिसोबाट बढी प्रभावित भएका छन्। मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका […]

सुर्खेती समाज जापानद्रारा पलाता अग्निपिडितलाई आर्थिक सहयोग

काठमाडाैं । सुर्खेती समाज जापानले कालिकोटको पलाताका अग्निपिडितका लागि ४५ हजार आर्थिक सहयोग गरेको छ । सुर्खेत घर भइ हाल जापान बस्दैआएका भिमप्रसाद न्यौपाने र कृष्ण शाहिको पहलमा समाजका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका लागि सहयोग गरिएको हो । भिमप्रसाद न्यौपानेले १० हजार, कृष्ण शाहीले ७ हजार, वसन्त थापा […]

भारतबाट ल्याउँदै गरेका तीन लाखको अवैध सामान प्रहरीको नियन्त्रणमा

लहान, १२ माघ । प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब तीन लाख मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले सिरहाको लक्ष्मीपुर पत्तारी, महेशवारी तथा खिरौना लगायतका स्थानबाट ती सामान बरामद गरेका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीबाट खटिएको टोलीले सल ७७ थान, कुर्ता १०२ थान […]

जापानको सहयोगमा पाटन माद्यमिक विद्यालय पुनर्निर्माण हुने

काठमाडौँ । जापान सरकारको सहयोगमा भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक विद्यालयको पुनर्निर्माण गरिने भएको छ । विद्यालयको शिलान्यास आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गर्नुभयो । विसं १९९९ मा स्थापित विद्यालय नेपालको दरबार हाई स्कूलपछिको दोस्रो हो । प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले उक्त […]

कन्हैया कुमार विरुद्ध १२ सय पृष्ठ लामो देशद्रोहको अभियोग दर्ता

नयाँदिल्ली । जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् २०१६ मा देशद्रोही नारा लगाएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार, उमर खालिद, अनिर्वाण भट्टाचार्य लगायत १० जना विरुद्ध भारतीय प्रहरीले अभियाेग दर्ता गरेकाे छ । आतंकवादीको नाममा फाँसी दिइएका अफजल गुरुको स्मृतिमा क्याम्पसभित्र भएको कार्यक्रमका बीच उनीहरुले देशद्रोही नारा लगाएको भन्दै त्यसको तीन वर्षपछि १२ सय पृष्ठ लामो अभियाेग […]

नेपाल–जापानबीच सिधा हवाई सम्झौता गर्न जापानी विदेशमन्त्री नेपालमा

काठमाडौँ । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउँदै छन्, यहि क्रममा दुई देशबिच सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग […]