विदेशबाट फर्किएर सामूहिक फूलखेती

दमौली, ११ असोज । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गरेका हुन् । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गरेका हुन् । […]

नेपालका उपभोक्ता भारतीय बजारमा,नेपाली बजार सुनसान

राँझा, ११ असोज । नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउछन् । “गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, […]

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा

धनगढी, ११ असोज । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको […]

सुनको मूल्य गिरावट

काठमाडौं, १० आसेज । सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको […]

दशैँको लागि नयाँ नोट आजबाट, कहाँ कहाँ बाट पाइन्छ ?

नेपाल राष्ट्र बैंकले आज असोज १० गते देखि दशैँको लागि नयाँ नोट सटही गर्न लागेको छ ।  राष्ट्र बैंकले देशका विभिन्न स्थानबाट नोट सतहीको ब्यबस्था मिलाएको छ ।  बैंकका अनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० को एक एक पाकेट गरि कुल १८ हजार ५ सयको नोट साट्न सक्ने छ । त्यो भन्दा […]

नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार

काठमाडौँ, ९ असोज । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग आज भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच […]

नेप्सेको ओरोलो यात्रा जारी

काठमाडौँ, ९ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल […]

बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

काठमाडौँ, ९ असोज । कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण […]

मेगा बैंकले लाभांश दिने

काठमाडौँ, ९ असोज । मेगा बैंकले आफ्ना शेयरधनीलाई कूल ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन आउने बराबरको मुनाफा वितरण […]

गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने

भैरहवा, ९ असोज । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं ५ सरकारको उद्योग, पर्यटन, […]