ढाेरपाटनमा झारलकाे संख्या बढ्याे । अहिलेसम्म ३८८ झारलकाे गणना

काठमाडाैं । यस वर्ष ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। याे संख्या गतवर्षकाे भन्दा निकै धेरै हाे ।  विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले […]

चितवनमा बाढीले ४९९ घर पूर्ण क्षति । २१ करोड नोक्सान

चितवन, २१ भदौ । बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् । साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १११, […]

पर्यटकको पर्खाइमा छन् मुस्ताङका यी दुई रमणीय ताल

मुस्ताङ, २१ भदौ । प्रशस्त सम्भावना बोकेको थासाङ गाउँपालिका–२ कोवाङस्थित भुर्तछो र सेकोङ ताल ओझेलमा परेका छन् । प्रचारप्रसार, संरक्षण र पूर्वाधारको कमीले प्राकृतिक सौन्दर्यले रमणीय ताल ओझलमा परेका हुन् । दैनिक सयाँै आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने बेनी–जोमसोम सडकको बोक्सीखोला खण्डदेखि करिब ३० मिनेट उकालो चढेपछि पुगिने भुर्तछो र सेकोङ ताल सुनसान छ […]

ग्राहकबाट चर्काे मुल्य असुल्ने दरबारमार्गका थप पसल सिलबन्दी

काठमाडौ, २० भदाै । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा आज सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको […]

सिमेन्ट उद्योगमा चिनले गर्यो हालसम्मकै ठूलो लगानी

काठमाडौँ, १८ भदौ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो । सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद […]

होटेल र रेस्टुरेन्टमा बैंकको साढे ६५ अर्ब कर्जा

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले होटल तथा रेष्टुुरेन्ट क्षेत्रमा ६५ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीसम्बन्धी विस्तृत तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा होटल क्षेत्रमा उक्त परिमाणमा कर्जा लगानी भएको हो । राष्ट्र बैंकका अनुसार सो अवधिमा २८ वटा वाणिज्य बैंकहरुले […]

सिटी एक्प्रेसले ल्यायो उत्सव उपहार योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नजिकिँदो दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुलाई ९० दिनसम्मचल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर कम्पनीले उक्त उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस उपहार योजनाअन्र्तगत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, […]

४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी काराेबारी विरुद्ध अहिलेसम्मकै ठूलाे मुद्दा दायर

काठमाडौं, १७ भदाै । राजश्व अनुसन्धान विभागले हुण्डी काराेवारी विरुद्ध अहिलेसम्मकै ठूलाे बिगाेदावीसहित मुद्दा दायर गरेकाे छ । विभागले काठमाडाैं जिल्ला अदालतमा ४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी कारोबारीविरुद्ध मुद्दा दायर गरेको हाे । याे अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा भएकाे विभागले जनाएकाे छ । विभागले हुण्डी काराेवारमा सम्लग्न भएकाे भन्दै राजेन्द्र […]

आर्थिक पत्रकारको अध्यक्षमा आचार्य विजयी

काठमाडौं, १७ भदाै । आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् । सेजनको शुक्रबार सम्पन्न १८ औं साधारणसभाबाट आचार्य निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा मोद ढकाललाई १२ मत अन्तरले पराजित गर्दै आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा प्रभात भट्टराई १३७ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]

देशभर चाडपर्वका लागि सुपथ मूल्यका पसल सञ्चालन । सामानमा ठूलाे छुट

काठमाडौं, १६ भदाै । नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले शुक्रबारदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका […]