काठमाडौं , २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर […]
अर्थ/वाणिज्य
सुन तस्करहरु फेरि नयाँ रुटमा सक्रीय
काँकडभिट्टा, २० जेठ । नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग […]
कोरिया भाषा परीक्षा २६ र २७ गते
काठमाडौं । कोरिया भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०१९ को लागि भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । शाखाका अनुसार काठमाडौं, ललितपुर र पोखरा गरी २८ केन्द्र तोकिएका छन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र १२ बजेदेखि […]
मेलम्ची खानेपानी साउन मसान्तसम्म आउँछ : मन्त्रालय
काठमाडौं । खानेपानी मन्त्रालयले आगामी साउन मसान्तसम्म मेलम्ची खानेपानी काठमाडौं ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ । मन्त्रालयले आयोजनाको प्रगतिबारे जानकारी गराउन शुक्रबार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनैपनि प्रकारको बहाना स्वीकार्य नरहेको जनाएको छ । मन्त्रालय कुनैपनि शर्तमा कार्ययोजना र तालिकालाई परिवर्तन गर्ने पक्षमा नरहेको स्पस्ट पारेको छ । यस्तै, मन्त्रालयले आयोजना ठेकेदारबाट कार्यप्रगतिलाई […]
अब हरेक निजामति कर्मचारीलाई अनिवार्य सरकारी इमेल
काठमाडौं । अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको छ। सरकारले ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै सो व्यवस्था लागू गरेको हो। ईमेल खाता प्रदान गरिने भएसँगै कर्मचारीको विदा तथा काज माग गर्ने र स्वीकृत वा अस्वीकृत गर्ने कार्य समेत ईमेल मार्फत गर्न […]
प्रदेश सातका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (कसको कति?)
काठमाडौं, १५ जेठ । प्रदेश सातका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सात जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सम्पत्ति विवरणमा मुख्यमन्त्री त्रिलोचन भट्टको सम्पत्ति विवरण हेर्दा, केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने २.५ रोपनी जग्गा […]
काठमाडौंबाट सुप जाँदै गरेको एसी बसमा भीषण आगजनी, यसरी जल्यो हेर्दाहेर्दै बस (भिडियो हेर्नुहोस)
काठमाडौं, १२ जेठ । डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो। शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान करिब […]
नागिडाँडा एयरपोर्ट संचालनक लागि काम हुदैछ: पर्यटन मन्त्री
काठमाडौं, १२ जेठ । संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए। विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, […]
चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने
काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले […]
नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द, तोकियो समान भाडा
काठमाडौं, १० जेठ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा […]