एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित

रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ ।  प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]

बाघदरवार भत्काइने होइन, हरिभवनको ठाउँमा नयाँ भबन बन्ने हो : विद्यासुन्दर शाक्य

काठमाडाैं, १४ कार्तिक । काठमाडौँ महानगरपालिकाले बाघदरवारमा अवस्थित आफ्नो कार्यालयको नयाँ भवन डिजाइन सार्वजनिक गरेको छ ।  महानगरले बैशाख १२ को महाभूकम्पबाट क्षतिग्रस्त सो भवन सामान्य मर्मत गरी कार्यालय संचालन गर्दै आएकाे थियाे । महानगरको प्राविधिक टोलीले भवनलार्इ मर्मत गरी पुनः संचालनमा ल्याउन नसकिने बताएपछि महानगरले नयाँ भवन निर्माणकाे प्रक्रियामा अगाडि बढेकाे थियाे । महानगरकाे […]

सप्तरीबाट आएको बस हेटौडा छोडेर चालकले अर्को बसमा यात्रु राखेर ल्याएको खुलासा

  धादिङ, ११ कार्तिक । त्रुशुली नदीमा खसेकाे बसका चालकले साे बस बाटाेमै फेरेर ल्याएकाे खुलासा भएकाे छ । उक्त दुर्घटनामा परी ज्यान जानेकाे सङ्ख्या अहिलेसम्म ३१ पुगेकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडाै अाउँदै गरेकाे रात्रीबस शनिवार बिहान ५ बजेतिर यात्रुसहित त्रिशुली नदीमा खसेकाे थियाे । राजविराजबाट ना ६ ख १४६८ नम्बरकाे बस चालकले […]

रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ : विप्लव

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् । नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति दिवसका अवसरमा विशाल जनसभा कार्यक्रम अायाेजना गरेकाे छ । साे सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले […]

पुछ्रेताराका कारण अाज उल्का वर्षा हुने

काठमाडौँ, ३ कार्तिक । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले (शुक्रबार) आज राति हेर्न सकिनेछ । उल्का […]

धरधरी रुदै कांग्रेसमै फर्किए गच्छेदार । कम्युनिस्टहरुलार्इ ठीक पार्ने उनको उद्घोष

काठमाडाैं, ३१ असाेज । पार्टी छाडेर जानेहरुकाे खबर धेरै सुनिन्छ । तर, पार्टीका प्रमुख व्यक्ति नै पार्टी छाडेकाे खबर भने धेरै कम हुन्छन् । तर नेपालमा भने यस्ता खबरै खबर अाउँछन जुन कुरा पत्याउनै गाह्राे हुन्छ । यस्तै समाचार बनेका छन जसरी पनि सत्तामा उक्लिरहने उदाहरण बनेका मधेशी नेता विजयकुमार गच्छेदार । मधेशी जनअधिकार फाेरम […]

गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो

काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]

२ महिनामा ८ अर्ब मुल्यका सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज, ९ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याइएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार […]

क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैं, २ असोज  । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन […]

रोल्पा जिल्ला मासुजन्य उत्पादनमा आत्मनिर्भर

रोल्पा, २८ भदौ । मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ […]