मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ

प्रत्येक परिणामकाे पछाडि एउटा कारण छ मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ बृक्षबाट झर्नै पर्छ अाेइलाएपछि पातहरु मान्छेकाे दुश्मन अाफ्नै तामसी अाचरण छ पहिले जे अद्भुत लाग्छ हेर्दै जाउ,लाग्छ फिक्का असाधारण त त्यो हाे जुन नितान्त साधरण छ सुरक्षाघेरामा नै असुरक्षित छन् कानुनहरु अदालतमै किन निसाफकाे अपहरण छ? एक्लाे हुन काेही चाहँदैन,खाेज्छ भ्रमकाे साथ अचेल […]

जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ

यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ   गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ   भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ   गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ   दिनभर जति […]

बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

काठमाडौँ, १८ पुस । बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रेस काउन्सिल नेपाल, केन्द्रीय बाल कल्याण समितिलगायतले निकै प्रयास गरेर तयार पारेको बालमैत्री सञ्चार निर्देशिका पालना गर्न बालबालिकाको क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल […]

प्राज्ञ र कवि राष्ट्रपतिबाट पुरस्कृत

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान […]

शाली नदीमा एकमहिने कठोर माधवनारायण ब्रत सुरु

शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]

गजल वन्दना

तन्त्र  जेसुकै अाअाेस् ,सत्तामा लुटेराहरु छन् जनतासँग केवल गुनासाका सुस्केराहरु छन् चाहे तिमी दिन भन वा रात, के फरक छ र उज्यालोकाे शिकारमा यहाँ चमेराहरु छन् मान्छे बिग्रन्छ अाफू ,दाेष जति समयलाई ईशारामै दुनियाँ नचाउने सपेराहरु छन् पानी किन्न थालेदेखि काकाकुल भाे शहर अचेल गाउँमा पनि सुनसान पँधेराहरु छन् व्यधाकाे स्वादकाे लागि सहिद भाे ढुकुर […]

देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु

जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु   छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु   दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु   याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति फेरिएला रुप, उही […]

धेरै पछि एउटा गजल पस्किएँ हजुर

नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन्   अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन्   कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन्   विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]

डा सुब्बालाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

काठमाडौँ, १६ मंसिर । यस वर्षको ‘दि डिन अफ इन्टरनेशनल पिस प्राइज’ प्रा डा शिशिर सुब्बालाई प्रदान गरिएको छ । ‘संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत व्यवस्थापन’ (ग्लोबल पिस थ्रो इमोसनल लिटेरेसी इन इजुकेसन र मनोविज्ञान व्यवस्थापन) सम्बन्धी सातौँ अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । २५ हजार राशिको सो पुरस्कार गोर्खा […]

बुद्ध शान्ति समाजसेवा पुरस्कारबाट सात स्रष्टा पुरस्कृत

काठमाडौँ, १६ मंसिर । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ मेरुदण्डमा समस्या भएका विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको छ । पुरस्कृत हुने खेलाडीहरूमा गायत्री दाहाल, ङवाङ छिरी शेर्पा, सोनिका ढकाल, लक्ष्मी कुँवर र रामबहादुर तामाङ रहेका छन् । पुरस्कृत दाहाल नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका अध्यक्ष शेर्पा थाङ्का पेन्टर […]