महिलाको नाममा भू–स्वामित्व बढ्दै

तुलसीपुर, ११ असोज । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढमहिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको सङ्ख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए । “महिला […]

जनप्रतिनिधिले सधैँ जनताका लागि सोच्नुपर्छ : उपप्रम पोखरेल

काठमाडौँ, ११ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन् । दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए । नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न […]

सामुदायिक भवन शिलान्यास

दमक, ११ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको गौरादह–७ स्थित ग्वालडुब्बामा निर्माण हुन लागेको दुर्गा सामुदायिक भवनको आज शिलान्यास गरेका छन् । विभिन्न सातजना दाताले उपलब्ध गराएको आठ कठ्ठा १० धुर जग्गामा निर्माण हुने भवनको मन्त्री कार्कीले शिलान्यास गरे । भवन शहरी विकास तथा भवन निर्माण कार्यालय इलाममार्फत प्रदेश नं १ सरकारको […]

नेपालका उपभोक्ता भारतीय बजारमा,नेपाली बजार सुनसान

राँझा, ११ असोज । नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउछन् । “गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, […]

दुर्घटनामा एघार मजदुर घाइते

धादिङ, ११ असोज । धादिङबँेसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदूर बोकेको ट्याक्टर पल्टिँदा आज ११ मजदूर घाइते भएका छन् । नव कातिन्पुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा ना ६ त २७८० नं को ट्र्याक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए । […]

एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा नतिजामा लापरबाहीः २५० जनाको नतिजा परिवर्तन

काठमाडौँ, ११ असोज । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र […]

दानी डाक्टर : बाथमुटु रोग अनुसन्धान गर्न अक्षयकोष स्थापना

काठमाडौँ, ११ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ चिकित्सक डा प्रकाशराज रेग्मीले बालबालिकामा देखिने बाथमुटु रोगको अध्ययन, अनुसन्धान तथा निवारण गर्न सहयोग पु¥याउन ‘बाथ, मुटुरोग अनुसन्धान कोष’को स्थापना गरेका छन् । नेपाल हृदयरोग निवारण केन्द्रमार्फत कोष सञ्चालन हुुने सो कोषमा उनले १० लाख रुपैया प्रदान गरेका छन् । कोषको रकम १० वर्षभित्र एक करोड पु¥याइने लक्ष्यसमेत […]

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा

धनगढी, ११ असोज । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको […]

सरकारले जनतालाई राहत दिन सकेन : नेता सिंह

काठमाडौँ, ११ असोज । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन् । काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताए । “दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै […]

‘एक वडा एक दलित सहकारी’ संस्था स्थापना गरिँदै

खोटाङ, ११ असोज । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालिएको छ । पिछडिएका समुदायमा पर्ने दलित परिवारलाई बचत गर्ने र सो बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालेको हो । आर्थिक र […]