खोला तर्नेक्रममा बाढीले बगाउँदा एकको मृत्यु

खोटाङ, १२ असोज । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका बारेमा […]

बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

डोटी, १२ असोज । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी […]

दशैँ सामाग्री बजार लाग्यो ( फोटो फिचर )

दशैँ  बजार अघिल्लो बर्ष भन्दा महँगो भएको उपभोक्ताको गुनासो , काठमाडौँ गणेशस्थान काष्ठमण्डप अगाडी भुइँमा थापिएको पसल – फोटो -बुद्ध शरण शाही      

सांगीतिक बातावरणमा “चाङ्गा चेट” ( फोटो फिचर )

११ आश्विन ,काठमाडौँ । किर्तिइभेन्तले हरेक बडा दसैअगाडी बर्ष झैँ यो बर्ष पनि सबैमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले “चाङ्गा चेट”को कार्येक्रम गरेको छ । चोभार मञ्जुश्री पार्कमा शनिबार भएको कार्येक्रममा विभिन्न समुहका ब्याण्डले सांगीतिक बातावरण बनाएका थिए । नेवार परिकारका साथै अन्य खानाका परिकार संगै सांगीतिक मनोरञ्जनका साथै चङ्गा उदाउने कार्येक्रममा धेरैको सहभागिता रहेको थियो […]

सांगीतिक बातावरणमा “चङ्गा चेत” ( फोटो फिचर )

 ११ आश्विन ,काठमाडौँ । किर्तिइभेन्तले हरेक बडा दसैअगाडी बर्ष झैँ यो बर्ष पनि सबैमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले “चाङ्गा चेत”को कार्येक्रम गरेको छ । चोभार मञ्जुश्री पार्कमा शनिबार भएको कार्येक्रममा विभिन्न समुहका ब्याण्डले सांगीतिक बातावरण बनाएका थिए । नेवार परिकारका साथै अन्य खानाका परिकार , सांगीतिक मनोरञ्जनका साथै चङ्गा उदाउने कार्येक्रममा धेरैको सहभागिता रहेको थियो […]

पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

काठमाडौं,११ असोज। पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन […]

दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

फिक्कल, ११ असोज । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ । आज दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना […]

मिडियाले नेताको हालत बनाएको भन्दै प्रचण्डले मिडियासँग मागे न्याय, टिभी हेर्नै छाडेको जानकारी

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया न्यायाधिश बनेको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाली मिडियाले समाजमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै मिडियासँग उनले न्याय पनि मागेका छन् । राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा दैनिक अनलाइनको सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् । नेकपाका महासचिव बिष्णु […]

ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, गाडी समेत तोडफोड

चितवन, ११ असोज । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा देखिएका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । चितवनमा आयोजना गरिएको एक कार्यक्रममा गएका शाहीमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले शाहीमाथि निर्घात कुटपिट गरेका हुन । शाही ‘नेपालका लागि नेपाली’ अभियानमा सक्रिए छन । उनले पछिल्लो समय सरकारका विभिन्न तहमा भएका भ्रष्टाचार र बेरुजुहरुको भण्डाफोर गर्दै […]

प्रदेश ३ मा रु २० अर्ब खर्च

हेटौँडा, ११ असोज । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५÷७६ मा विनियोजन गरेको ३४ अर्बमध्ये २० अर्ब छ करोड खर्च भएको जनाएको छ । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार खर्च भएको रकममध्ये ८०.६९ प्रतिशत चालु खर्च र ४७.७७ प्रतिशत पूँजीगत खर्च रहेको बताइएको छ । साथै प्रमुख आर्थिक वृद्धिसँगै सम्बन्धित मन्त्रालयको […]