संसारकै पुरानो होटल जो ५२ पुस्तादेखि चलिरहेछ निरन्तर

न्यूजकारखाना, टोकियो । के तपाईलाई थाहा छ संसारको सबैभन्दा पुरानो होटल करिब १४०० वर्ष पुरानो हो भन्ने ? विश्वास गर्न सक्नुहुन्न तर यो सत्य हो।  विश्वको सबैभन्दा पुरानो होटल जापानमा रहेको छ। फुजिवारा मोइटो नामका व्यक्तिले सन् ७०५ मा होटल  ‘निसियाना ओन्सेन कियुन्कान’ बनाएका थिए । यो होटल हाल मोइतो परिवारको स्वामित्वमा रहेको छ र […]

रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या

सञ्जय मिश्रा, रौतहट । पछिल्लो समय रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको हो । पछिल्लो घटनामा जिल्लाको कटहरिया नगरपालिका- १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र […]

सर्लाहीमा मालबाहक कन्टेनरले लियो मोटरसाइकल चालकको ज्यान

सर्लाही । सर्लाही स्थित्त बागमती नगरपालिका ११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाईकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखानालाई बताएका छन्। गएराती १० […]

आइपिएल जीतको उत्सवमा भागदौड मच्चिदा गयो ११ जनाको ज्यान

बेंगलुरु, भारत । १८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बैंगलोर (RCB) ले पहिलोपटक इन्डियन प्रीमियर लिग(आइपिएल) उपाधि जितेपछि भएको उत्सवले बेंगलुरुमा ठूलो दुर्घटनाको रूप लिएको छ । स्टेडियमबाहिरको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् । चिन्नास्वामी स्टेडियम नजिक हजारौं फ्यानहरू अभिनन्दन समारोहमा सहभागी हुन जम्मा भएका थिए । […]

सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरू पारिवारिक तनावमा हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ । सामाजिक सञ्जालमा गालीगलौज र असभ्य टिप्पणी गर्ने प्रवृत्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक तनावको लक्षणको रूपमा व्याख्या गरेका छन् । बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवालाई जागिर खोज्ने भन्दा पनि सिर्जना गर्ने दिशातर्फ लाग्न प्रेरित गरे । उनले युवाहरूको उद्यमशीलता र नवप्रवर्तनलाई सरकारको उच्च प्राथमिकता […]

बेथानचोकमा बस दुर्घटना : एक जनाको निधन, तीन घाइते

काभ्रे, जेठ २१ । काभ्रेको बेथानचोक गाउँपालिका–६ स्थित चिहानडाँडानजिक आज साँझ करिब ५:४० बजे एक यात्रुबहाक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पनौती बसपार्कबाट बेथानचोक–६ मेदाम्चु तर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस अनियन्त्रित भई झण्डै ३०/३५ मिटर तल खसेको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ […]

सरकारको अस्तित्व छैन : पूर्वसभामुख सापकोटा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारको अस्तित्व माथि गम्भीर टिप्पणी गरेका छन् । पूर्व सभामुख समेत रहेका सापकोटाले प्राविधिक रुपमा सरकारको अस्तित्व देखिएपनि नैतिक र राजनीतिक रुपमा सरकारको अस्तित्व नभएको दावी गरेका हुन् । बुधबार प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको तेस्रो बैठकलाई काठमाडौमा सम्बोधन […]

काठमाडौ महानगरका प्रहरी प्रमुखलाई कार्वाही

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई कार्वाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेपनि चित्तबुझ्दो जवाफ नदिएकाले उनी निलम्बनमा परेको जनाइएको छ  । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत […]

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपिएल बिजेता

काठमाडौं । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ ।  मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन […]

मनकुमारीको अध्यक्षतामा महिला उद्यमी महासंघ डोल्पामा नयाँ नेतृत्व

दीर्घबहादुर शाही, डोल्पा । महिला उद्यमी महासंघ नेपाल डोल्पा शाखाको नयाँ जिल्ला कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको छ। मंगलबार सदरमुकाम दुनै बजारमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली र उपाध्यक्ष बसन्ती प्रधानको उपस्थितिमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। कार्यसमितिको अध्यक्षमा मनकुमारी बोहरा चयन भएकी छिन्। अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुर्णिमा बुढा, महासचिव कमला […]