काठमाडौं । नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। सिंगा ओभलमा आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। यससँगै नेपाल उपाधिनजिक पुगेको छ। नेपालको सहज जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ […]
समाचार
डीसीसी प्रिमियर लिग : प्रिन्ट हब किङ्स फाइनलमा, बिपिनको शतकीय इनिङ्स
बुटवल । सिटी एक्सप्रेस तथा एक्सपोर्ट एजुकेसनद्वारा सञ्चालित डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गत आइतबार सम्पन्न रोमाञ्चक खेलमा प्रिन्ट हब किङ्सले एपीएस युनाइटेडलाई २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। टस जितेर एपीएस युनाइटेडले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको प्रिन्ट हब किङ्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १८६ रनको विशाल योगफल […]
नेपाल भारतबीच तीन सहमति
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने फर्किएकै दिन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । वार्तामा दुई देशबिच सीमा, डुबान, बाढी नियन्त्रणदेखि ऊर्जा, जलस्रोत, विद्युत् प्रसारण लाइनलगायत विद्यमान संयन्त्र सक्रिय गराउन सहमति जनाएका छन् । संयन्त्रहरू सक्रिय भएपछि दुई महिनामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने […]
बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार
काठमाडौं । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये छ वटा क्षेप्यास्त्र […]
नारीकोटमा निःशुल्क स्वास्थ्य शिविर, ४४० जनाले लिए सेवा
प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका वडा नं. ७ नारीकोटमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। वडा कार्यालयको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा पुरुषहरूको तुलनामा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको थियो। गौमुखी गाउँपालिका वडा नं. ७ को सहयोग तथा लुम्बिनी सिटी […]
सरकारले आफ्नो खाल्डो आफैं खनिरहेको छ : सहयात्री
भक्तपुर । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो खाल्डो आफैं खनिरहेको नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश संयोजक सरल सहयात्रीले बताएका छन् । शनिबार भक्तपुर जिल्ला कार्य संयोजन समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । संयोजक सहयात्रीले सरकार सुकुम्बासी र सर्वहारा वर्गको जानी दुश्मन जस्तो देखिएको जिकिर गरे । कांग्रेस र एमाले बिभाजित […]
परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी […]
जलवायु परिवर्तनको स्थानीय असरलाई विश्वब्यापी नीतिमा समेट्न सरोकारवालाको जोड
ललितपुर । जलवायु विज्ञ तथा वातावरण विदहरुले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्पायी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । “जलवायु, ऊर्जा र पर्यटन: जहाँ हिमाली आवाज विश्वसामु पुग्छ” भन्ने नाराका साथ विश्व वातावरण दिवस २०२६को अवसरमा यूएनडीपी नेपालको साझेदारीमा साथसाथै फाउन्डेसनले शुक्रबार ललितपुरमा आयोजना गरेको हिमालय र वातावरण सम्मेलन २०२६ मा धारणा […]
भक्तपुरमा ट्र्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १० घाइते
भक्तपुर । चाँगुनारायण–८ स्थित गुम्बा नजिक बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीका अनुसार कलमसी क्षेत्रको एक होटलमा ढलानको काम सम्पन्न गरी मजदुरहरूलाई लिएर कमलबिनायकतर्फ फर्किरहेको मिक्स्चर तान्ने ना ५ च २८४७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। १२ जना सवार उक्त ट्र्याक्टर ओरालो सडकमा गुडिरहेको […]
एक महिनादेखि सम्पर्कविहीन असई युवतीसहित मृत भेटिए
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई पाँचखालस्थित सामुदायिक वनमा युवतीसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बलको १५ नम्बर गण, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ को ठुली सामुदायिक वनभित्र रहेको […]










