धोबीखोलामा साइकलसहित मृत भेटिए काभ्रेका ५० वर्षीय गिरी

काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजेको समयमा काठमाडौँ महानगरपालिका-२९ मा शव फेला परेको हो। मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा […]

यमरी पुन्ही : विज्ञान, कृषि र प्रकृतिमैत्री पर्व

yomari punhi

सूर्यमढी-९, भक्तपुर । सकिमाङा पुन्ही सकिएपछि नेवार समुदायमा नेपाल सम्वतको दोस्रो  पर्वकोरूपमा यमरी पुन्ही मनाइन्छ । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व झै यो पनि विज्ञान, पेशा र प्रकृतिमैत्री छ । यमरी एक परम्परागत नेवार परिकार हो, जुन विशेषगरी यमरी पुन्ही पर्वमा बनाइन्छ र खाइन्छ। यमरी दुई अक्षर मिलेर बनेको छ जसमा य:को अर्थ […]

किराँत समुदायले उधौली पर्व मनाउँदै, यःमरी पुन्हि पनि आजै

काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमा !  किराँत, नेवार र खस आर्य समुदायले नयाँ अन्नबाली भित्र्याएको खुशी र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना–आफ्ना चाड पर्व मनाइरहेका छन्। किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम […]

एनपीएलमा आज काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन भिड्दै

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राईनोज आमनेसामने हुनेछन्। पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय गरिएको छ। हालसम्म अपराजित […]

यस्तो रहनेछ आज देशभरको मौसम !

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम […]

यस्तो छ आज लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको […]

वैचारिक टाटपल्टाईपछि वामपन्थीहरु अमर्यादित आरोप-प्रत्यारोपमा उत्रिए

काठमाडौ । मार्क्सवादी अर्थात् कम्युनिष्ट राजनीति वास्तवमा शान्तिकाे लागि युद्धको राजनीति हाे । हाम्राे दर्शनले सिकाएकाे छ कि मानिस आज जसरी धनी र गरीवकाेरूपमा, उचाे र निचाे जातकाेरूपमा, सम्पन्न र विपन्न देशकाेरूपमा, सभ्य र असभ्य जातिकाेरूपमा, काला र गाेरा वर्णकाेरूपमा विभेदिकृत र अपमानित छ त्याे विल्कूल कृत्रिम विषय हाे, त्याे मानिस स्ययंले सिर्जना गरेकाे कुरा […]

क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने

काठमाडौं । नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी […]

मधेशमा नयाँ सरकार गठनको आह्वान

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् । आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ […]

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको […]