रूसले अमेरिकी कम्पनीलाई निशाना बनाएर युक्रेनमा हान्यो ५७४ ड्रोन र ४० वटा मिसाइल

काठमाडौँ । रूसले युक्रेनमा एक महिनायताकै भीषण आक्रमण गरेको छ। दुई देशबीच युद्धविराबारे वार्ताको तयारी भइरहँदा रूसले युक्रेनमाथि बिहीबार ठूलो संख्यामा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको हो। अमेरिकी टेलिभिजिन नेटवर्क सिएनएनका अनुसार रूसले पूर्वीदेखि पश्चिम युक्रेनका भूभागहरुलाई निशाना बनाएर हवाई हमला गरेको थियो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रातभरिमा ५७४ वटा ड्रोन र ४० वटा मिसाइल रूसतर्फबाट हानिएको […]

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज […]

टप टी २० शृङ्खलामा आज नेपाल र पाकिस्तान शाहिन्सबिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तान शाहिन्सबिच प्रतिस्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको […]

प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै, राष्ट्रियसभा बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने […]

शिक्षा समितिबाट पारित विधेयकमा माओवादीसहित रास्वपा र राप्रपाको फरक मत

काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले […]

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा यस्तो रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो । केसीले प्रधानमन्त्री ओली, […]

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण सुदूरपश्चिम राेयल्सलाई हराउँदै जनकपुर बोल्टस्‌ले जितेको थियो ।  

मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता

दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]

लिपुलेकबारे विश्वप्रकाशले दिए यस्ता ६ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि लिपुलेकबारे समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको पहल गर्न सुझाव दिएका छन् । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबी अस्वीकार गरेपछि उनले समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको पहल गर्न सुझाव दिएका हुन् । ‘लिपुलेक नेपालको हो । भारत र चीन […]

शिक्षा विधेयकको बिरोध गर्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल सडकमा

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए । यस्ता छन् निजी विद्यालय सञ्चालकहरूको माग (१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु […]