सलिकोमा व्यापक कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै चार वटा पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक […]

प्रतितोला सुनको मूल्यमा ७ हजार ९ सय गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी माहसंघका आनुसार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ थियो । यस दिन चाँदी पनि ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार […]

ललितपुरका १७ फर्ममा छापा

ललितपुर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ । विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ र हात्तीवनस्थित आर के ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । […]

लक्ष्मी सनराइज बैंकको लाभांश पारित

काठमाडौं । २०८२ पुस १४ गते लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक […]

तत्कालीन गृहमन्त्रीले भने – भदौ २४ नियोजित

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले गएको भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भदौ २४ गतेको घटना नियोजित रहेको बताए । उनले भने, ‘त्यस दिन जेनजीहरुले हाम्रो आन्दोलन हाइज्याक भयो भनेर उहाँहरुले नै आह्वान गर्नु भएको छ । यसलाई उग्र […]

साहित्यकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण

बेलायतमा बसोबास गर्ने विशेषगरी युद्ध साहित्यमा आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ गत आइतवार साँझ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सभापतित्व गरेको कार्यक्रमलाई अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालद्वारा स्वागत तथा गीता अधिकारीले सहजीकरण गरिएको थियो । मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको संयोजनमा ललितपुर कुमारीपाटीस्थित ऐला लाउन्जमा […]

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक […]

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्। आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले […]

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका […]

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन आज

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ […]