पेस्तोल किनबेच गर्न खोज्ने पाँच पक्राउ

भदौ २४ गते लुटिएका प्रहरीको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ वटा गोलीसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। भदौ २४ गते प्रहरीको कार्यालयबाट लुटपाट गर्नेमा धुनिबेशी गाउँपालिका घर भई काठमाडौं बस्ने २१ […]

सप्तरीमा झाडापखालाको प्रकोप, एकै परिवारका तीन जनाको निधन

सप्तरी । छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। ज्यान गुनाउनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र बाजे ७० वर्षीय लक्ष्मण सदा छन्। उनीहरूलाई उच्च ज्वरो र लगातार झाडापखाला लागेको थियो। टोलका १५ जनाभन्दा बढीमा पनि झाडापखालाका लक्षण देखिएका छन्। स्थानीयले समयमै स्वास्थ्यकर्मी नआएको […]

अटो दुर्घटना हुँदा देउरानी-जेठानीको निधन, पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। शनिबार साँझ लुगुमबाट ब्राहताल जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो पञ्चासेमा सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा भूमे–१ की ३० वर्षिया रेजिना घर्ती र २५ वर्षकी सबिता घर्तीको निधन […]

रक्षा बमले गठन गरिन ‘नेपाल जेनजी फ्रन्ट’

काठमाडौ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा नयाँ संगठन ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ। उनले जेनजी आन्दोलनलाई संस्थागत र एकीकृत रूप दिनका लागि उक्त मोर्चा स्थापना गरेको घोषणा गरेकी हुन्। बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठ लामो दस्तावेजसहित मोर्चा गठनको घोषणा गरेकी छन्। विज्ञप्तिअनुसार, जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न समूह र नेताहरूलाई एउटै संरचनामा ल्याई […]

प्रधानमन्त्री कार्कीको राजिनामा माग

काठमाडौं । ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते आइतबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले जेनजीको मागअनुसार काम गर्न नसकेको भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ। पहिला देश […]

माओवादी केन्द्रसंग एकता गर्ने एकीकृत समाजवादीको सर्वसम्मत निर्णय

madhav-jhalnath

काठमाडौं । नेकपा एकीकृत (समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने ऐतिहासिक निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो। बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा अध्यक्ष नेपालको एकता प्रस्तावमाथि व्यापक छलफल भएको र अन्ततः सर्वसम्मत रूपमा […]

प्रेस विरोधी तीन घटनामा प्रेस सेन्टरको आपत्ति

काठमाडौं । पत्रकारमाथि धम्कीका दुई घटना र एक पत्रकारको घरमा तोडफोड गरिएको घटनाप्रति प्रेस सेन्टर नेपालले विरोध जनाएको छ। प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा लेख तथा समाचारको आधारमा पत्रकारहरूलाई हत्या गर्ने धम्की गैरकानुनी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार नेपाल प्रेसमा प्रकाशित ‘विप्लवको राजनीतिक यात्रा : क्रान्तिको भ्रमजाल, […]

जेनजी प्रदर्शनमा क्षति पुर्याउने काभ्रेका सातजना समातिए, अधिकांशको आपराधिक पृष्ठभुमि

काभ्रे । जेनजी प्रदर्शनमा प्रहरी र सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटको आरोपमा काभ्रे प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । उनीहरू उपर सात दिनको म्याद लिएर थप अनुसन्धान भैरहेक प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा तीनजनाको पृष्ठभुमि आपराधिक देखिएको डिएसपी रविन बिष्टले बताएका छन् । चोरीमा तीनपटक मुद्दा चलेका पनौती-२ का सुवास तामाङ र अभद्र […]

बञ्चरेडाँडामा अवरोध,घरको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीबासीलाई घरको फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रमा फोहोर बिसर्जनमा समस्या उत्पन्न भएपछि महानगरले सूचना जारी गर्दै अस्थायी रूपमा घरमै फोहोर सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो। महानगरका अनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयवासीले फोहोर व्यवस्थापनका कार्यमा अवरोध गरेपछि पछिल्ला केही दिनदेखि फोहोर संकलन र ढुवानी कार्य […]

राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट अभियोगमा तीन पक्राउ

shitalniwas

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा, र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आन्दोलनका क्रममा शीतल […]