फेरी बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य रु दुई लाख ७७ हजार २०० कायम भएको छ । बिहीबार दुई लाख ७६ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच हजार ६४५ कायम भएको छ । बिहिबार चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।